वीरगन्ज : प्रहरीले अत्याधुनिक हतियारसहित दुई युवालाई पक्राउ गरेको छ । वीरगन्ज–१८ लक्ष्मणवाका १८ वर्षीय अर्जुनकुमार पटेल पक्राउ परेका हुन् । प्रहरीले उनका साथबाट मेड इन युएसएम लेखिएको स्वचालित पेस्तोल पनि बरामद गरेको छ । सुराकीका अधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पटेललाई वीरगन्जको नारायणी रंगशालानजिकैबाट पक्राउ गरेको हो ।
पटेल सोमबार बेलुकी पक्राउ परे पनि प्रहरीले बुधबारमात्र सार्वजनिक गरेको हो । पटेल फोनमार्फत धम्की, चोरी, लुटपाटलगायत आपराधिक क्रियाकलापमा संलग्न रहेको डिएसपी दिवेश लोहनीले बताए ।
दुई महिनाअघि लक्ष्मणवाका रामनारायण उपाध्यायको घरबाट करिब दुई लाख रुपियाँबराबरको सरसामान लुटिएको घटनामा पटेल संलग्न रहेको प्रहरीले बताएको छ । पटेलविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले बुधबार पर्साको गादी–७ थरकट्टी टोलबाट हतियारसहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले थकरट्टी टोलका राजाराम धानुकलाई १२ बोरको बन्दुकसहित पक्राउ गरेको हो । (सौस)
प्रतिक्रिया