निशाको प्रश्न दिनेशको उत्तर


निशा : के छ हालखबर ? सन्चै हुनुहुन्छ नि ?
दिनेश : सन्चै छु, राम्रो छ । चलचित्र मायाज बार प्रदर्शनका क्रममा रहेकाले खट्दाखट्दै सुत्नचाहिँ पाएको छैन ।
निशा : तपाईंले पछिल्लोचोटि निर्देशन गर्नुभएको मायाज बारमा मैले र करिस्मा दिदीले अभिनय गरेका छौँ । तपाईंलाई कसको अभिनय राम्रो लाग्यो ?
दिनेश : निश्चय पनि अभिनयका हिसाबले भन्नुपर्दा करिष्मा दिदीकै राम्रो छ ।
निशा : हामीले कालिन्चोकमा खाएको सुकुटीको याद कत्तिको आइरहेछ नि ?
दिनेश : त्यो ठाउँको सुकुटीको याद त आएको छ नै, त्यहाँ चलचित्र छायांकन गर्दा पाएको दु:ख पनि सम्झनामा छ । त्यो सबै चलचित्रको प्रदर्शनले बिर्साउँछ ।
निशा : तपाईं त एभरग्रिन मान्छे । अहिले चलचित्रको तनाबले दुब्लाउनुभयो कि मम धेरै खाएर मोटाउनुभयो ?
दिनेश : म जहिले पनि कामको प्रेसर भएपछि मोटाउने मान्छे हुँ । त्यसैले अहिले पनि मोटाएको छु । जब काम हुँदैन, त्यसपछि दुब्लाउँला ।
निशा : म त अहिले मनाङमा छु, काठमाडौंमा सुनील दाइ र हंसराज (शान्तिप्रिय) को हालखबर के छ नि ?
दिनेश : उनीहरूको हालखबर सबै ठीकै छ । चलचित्र चल्ने समय भएकाले सबैलाई तनाब पनि छ ।

प्रतिक्रिया