प्राची अब सञ्जयसँग

मुम्बई : बलिउड अभिनेत्री प्राची देसाईंले नायक सञ्जय दत्तसँग रोमान्स गर्ने भएकी छिन् । उमेरले भर्खर २३ टेकेकी प्राची र ५३ वर्षका सञ्जय रोमान्सका लागि तयार भएका हुन् । तर, उनीहरूको यो रोमान्स वास्तविक जिन्दगीमा नभएर काँचको पर्दामा मात्र हुनेछ ।
सुपरहिट तमिल चलचित्र सामीको हिन्दी रिमेकमा उनीहरू एकसाथ देखिने भएका हुन् । प्राचीले यसअघि बोलबच्चनमा अभिषेक बच्चनको जोडीका रूपमा अभिनय गरेकी थिइन् । टिपी अग्रवालले निर्माण गर्ने यो चलचित्रबाट तमिल चलचित्रका चर्चित निर्देशक के यस रविकुमारले पनि बलिउड यात्रा सुरु गर्दै छन् । चलचित्रको छायांकन हैदराबादमा हुने भएको छ । (एजेन्सी)

प्रतिक्रिया