थारु मोर्चाको राष्ट्रिय भेला दाङमा

दाङ, २६ साउन । नेकपा–माओवादी निकट जनवर्गीय संगठन थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय भेला आजबाट दाङमा सुरु भएको छ ।
२२ जिल्लाबाट करिव दुई सय ५० थारु प्रतिनिधिको भेलामा सहभागिता छ । भेलाको उद्घाटन नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले गरेका छन् ।
सचिव गुरुङले स्वाधिनताको आन्दोलनलाई राष्ट्रिय आन्दोलनका रुपमा लैजानुपर्ने बताए । उनले राष्ट्रिय स्वाधिनता प्राप्त भएमा मात्र जातीय उत्पीडनमा परेका समुदाय र व्यक्तिले मुक्ति पाउने बताए ।
सचिव नेत्रविक्रम चन्द, थारुवान राष्ट्रिय मुक्ति मोर्चाका महासचिव ईन्द्रजीत थारु, पोलिट व्युरो सदस्य सोनाम, केन्द्रीय सदस्य पूर्ण घर्ती, बाबुराम नेपाली, सरला रेग्मी, सन्तोष बुढालगायतले भेलालाई सम्बोधन गरेका थिए ।
भेलामा समसामयिक राजनीति र आगामी रणनीतिका बारेमा छलफल हुने छ ।

प्रतिक्रिया