जिल्ला शिक्षा कार्यालयहरु घेराउ

काठमाडौं, २४ साउन । शैक्षिक माग राखेर आन्दोलन गर्दै आएका नौं विद्यार्थी संगठनले आज मुलुक भरीका जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन् ।
काठमाडौं, भक्तपुर, ललितपुरलगायत मुलुक भरीका शिक्षा कार्यालय घेराउ गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । दलबल सहित पुगेका विद्यार्थीले माग पुरा गर्न सरकार र सम्बन्धित निकाय विरुद्ध चर्का नारावाजी गरेको लामिछानेले बताए ।
विद्यार्थीले शिक्षा कार्यालय घेराउ गरेर नारावाजी गरेपछि कर्मचारीलाई काम गर्न केही समय दैनिक कार्य गर्न कठिनाई भएको थियो ।
विदेशी नामका निजी उच्च माविका नाम परिवर्तन गर्नुपर्ने, शुल्क घटाउनु पर्ने, शिक्षामा हुने अनियमितता अन्त्य गर्नुपर्ने लगायतका माग राखेर विपक्षी दल आवद्ध विभिन्न नौं विद्यार्थी संगठनले शिक्षा कार्यालय घेराउ गरेका हुन् ।
पछिल्लो केही समय यता संयुक्त आन्दोलन गर्दै आएका नौ विद्यार्थी संगठनमा नेविसंघ, अनेरास्ववियु, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारलगायत नौ विद्यार्थी संगठन आवद्ध छन् ।

प्रतिक्रिया