काठमाडौं, २३ साउन । विभिन्न शैक्षिक माग राखेर आन्दोलनरत आठ विद्यार्थी संगठनले सरकारी कम्याम्पस अगाडि आज चक्का जाम गरेका छन् ।
काठमाडौं उपत्यकालगायत मुलुक भरीका अधिकांस सरकारी क्याम्पस अगाडि दिउसो १ देखि २ बजे सम्म एक घण्टा चक्का जाम गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
आठ विद्यार्थी संगठनले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज पहिलो कार्यक्रम गरेका हुन् । विदेशी नाममा राखिएका उच्च मावि र कलेजहरुका नाम परिवर्तन गर्नुपर्ने, शुल्क घटाउनुपर्नेलगायतका माग राखेर विद्यार्थी संगठन आन्दोलनमा छन् ।
उनीहरुले बुधबार ७५ वटै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने जनाएका छन् । आठ विद्यार्थी संगठनमा नेविसंघ, अनेरास्ववियु, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु छन् ।
प्रतिक्रिया