निर्वाचनमा जान तयारः खनाल

काठमाडौं, २३ साउन । एमाले अध्यक्ष झलनाथ खनालले आफूहरु संविधानसभाको निर्वाचनमा जान तयार रहेको दोहराएका छन् ।
उनले स्थायी समितिको हालै बसेको बैठकले पनि संसदीय निर्वाचनमा जाने निर्णय गरे बताए । काठमाडौंमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले एमाले संविधानसभा बाटै संविधान जारी गर्ने पक्षमा रहेको बताए ।
‘एमाले संविधानसभाबाटै संविधान जारी गर्नु पर्छ भन्ने पक्षमा छ,’ उनले भने, ‘त्यसैले एमाले ताजा जनादेशको पक्षमा छ ।’
जातीय संघीयताको विरोध गरेका खनालले जातीय संघीयताले मुलुकलाई सहयोग नगर्ने बताए ।
कामचलाउ सरकार र एमाओवादी वर्तमान संकटको जिम्मेवार रहेको आरोप लगाएका उनले प्रधानमन्त्री बाबुराम भट्टराईले पद छाडेर मार्गप्रसस्त गर्नुपर्ने बताए ।
‘एमाओवादी र मधेसी मोर्चाको गठबन्धन मुलुकका लागि बोझ भएको छ,’ उनले भने, ‘यो बोझलाई नहटाई मुलुकले निकास पाउदैन ।’
सशस्त्र जनयुद्ध थाल्दा एमाओवादीले भारतसँग सम्झौता गरेको कुरा सत्य भए उनीहरु देशद्रोही सावित हुने बताए ।
उनले भने, ‘त्यस्ता देशद्रोही र अपराधीसँग एमालेले सहकार्य गर्ने छैन ।’
देश सन्चालनको चावी अन्तै भएको भन्ने प्रधानमन्त्री भट्टराईको अभिब्यक्ति अत्यन्तै गैर जिम्मेवार पूर्ण रहेको खनालको भनाई छ ।
दलहरुका वीच भएको पाँच बुँदे सहमति र अहिलेको अवस्था बदलिएकाले अब एमालेले पनि सहमतिको सरकारको नेतृत्वमा दावी गर्न सक्ने बताए ।
‘अहिले हामीले कांग्रेसलाई पर्खिएका छौ,’ उनले भने, ‘कांग्रेसले नसके हामीलाई उमेदवार घोषणा गर्न आधा घण्टा पनि लाग्दैन ।’

प्रतिक्रिया