राजधानीमा चक्का जाम/यात्रुलाई सास्ती

काठमाडौं, २२ साउन । एमाले निकट युवा संघ नेपालले आह्वान गरेको चक्का जामका कारण राजधानीको यातायात प्रभावित भएको छ ।
कामचलाउ सरकारको कामकारबाहीको विरोधमा उत्रिएको संघले सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले मार्ग प्रसस्त गर्नुपर्ने माग सहित चक्का जाम गरेको हो ।
विहान ६ देखि १० बजे सम्म चार घण्टा सम्मको चक्का जामका कारण सर्वसाधारण यात्रुले सास्ती बेहोर्नु परेको महानगरीय ट्राफिक प्रहरी रामशाह पथले जनाएको छ ।
चक्का जाम सफल बनाउन संघका कार्यकर्ता विहानै सडकमा उत्रिएका थिए ।
दस बजे पछि चक्का जाम फिर्ता भएको संघले जनाएको छ । चक्का जाम फिर्ता भएपछि आवागमन सुचारु भएको छ ।
माग पुरा नभए थप कडा आन्दोलनमा उत्रिने संघले यस अघिनै चेतावनी दिई सकेको छ ।
संघको चक्का जामप्रति विपक्षी दल निकट आठ युवा/विद्यार्थी संगठनको पनि समर्थन रहेको थियो ।

प्रतिक्रिया