काठमाडौं, २१ साउन । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान भवनमा शनिबार ६ बजे सुरु भएको ‘तीते जिरे मेरिबास्सै गाईजात्रा’ कार्यक्रममा प्रधानमन्त्री डा.बाबुराम भट्टराई व्यंग्य सहँदै भए पनि तीन घन्टाजति दर्शक भएर बसे । कार्यक्रम हेरेर बाहिरिएपछि सौर्यसँग प्रधानमन्त्री डा. भट्टराईले आफूप्रति गरिएको व्यंग्यमा असन्तुष्टि जनाए । प्रधानमन्त्रीले घुमाउरो पारामा भने, ‘गाईजात्रा एउटा व्यंग्यात्मक ढंगले यथार्थको प्रस्तुति हो तर बढाइचढाइ भएको पाएँ ।’
उनले अन्य प्रस्तुति भने ‘ठिकै’ रहेको प्रतिक्रिया दिँदै यो स्वाभाविक भएको बताए । ‘समग्रमा भन्नुपर्दा ठिकै छ । कलाकारको आºनै प्रस्तुति हो,’ उनले भने ।
जिरे खुर्सानी समूहका शिवहरि पौडेलद्वारा प्रस्तुत रेडलाइट एरिया नामक प्रस्तुतिमा प्रधानमन्त्रीप्रति तिखो व्यंग्य गरिएको थियो । कार्यक्रम सञ्चालक मनोज गजुरेलले प्रधानमन्त्रीप्रति व्यंग्य गर्दा प्रधानमन्त्रीलाई हेरेर सुरक्षाकर्मीहरू हाँसिरहेका थिए । त्यस्तै, शैलेन्द्र सिम्खडाको व्यंग्यात्मक कविता सुनेपछि प्रधानमन्त्री थकित
मुद्रामा देखिएका थिए ।
प्रतिक्रिया