रोएर थाकेँ: काजोल

0 समय, विवाह र आमाको भूमिकाले हामीले चिनेको काजोललाई बदलेको त छैन नि †
– म परिपक्क भएकी छु, परिवेशलाई राम्रोसँग सम्हाल्न सक्ने ।
0 क्यारियरको उत्कर्षमा पुगेका बेला विवाह गर्नुभएको थियो, हैन ?
– हो, तर यो ‘ट्रेन्ड’ मैले बसाएको होइन । मेरी आमाले पनि यस्तै गर्नुभएको थियो, शर्मिला टेगोर, जिनात अमन र साइरा बनुले पनि ।
0 तर, विवाहपछि नायिकाको क्यारिअर समाप्त हुन्छ भन्छन् नि †
– आ–आफ्नो सोचाइ हो यो । तर, केही हदसम्म यो सत्य पनि हो । विवाहपछि केही बन्देज हुन्छन् । जस्तो कि विवाहपछि मैले कलेज पढ्ने अल्लारे केटीको अभिनय गरिनँ ।
0 केही पछुतो छ ?
– पटक्कै छैन । जुनसुकै निर्णय लिएपछि पनि त्यसप्रति अडिग रहने मेरो बानी छ । केही निर्णय मेरा लागि प्रिय भएनन् पनि तर मैले यसबाट शिक्षा लिने लिएकी छु । अनुभवका आधारमा मात्रै मैले के सही हो र के गलत हो भन्ने निक्र्योल गर्ने गरेकी छु ।
0 कलाकारका रूपमा आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ ?
– कुन कलाकार अन्तुष्ट हुन्छ र ? म अझै ‘लर्निङ फेज’ मै छु ।
0 तपाईंलाई पर्दामा फेरि कहिले देख्न पाउने हामीले ?
– राम्रो स्क्रिप्ट फेला पर्नुभन्दा अगाडि देख्न पाउनुहुन्न ।
0 कस्तो फिल्म खेल्न पाए हुन्थ्यो जस्तो लागेको छ ?
– हँसाउने खालको फिल्ममा काम गर्न मन लागेको छ । पर्दामा म केही समय रुन चाहन्न । पर्दामा रोएर थाकिसकेकी मान्छे हुँ म ।
0 पति अजय देवगनसँग फिल्म खेल्ने सोच छैन ?
– किन नहुनु ? हामीले यसबारे सोचिरहेका छौँ ।
0 कलाकारका रूपमा अजयलाई कसरी हेर्नुभएको छ ?
– फूल और काँटेदेखि हम दिल दे चुके सनमसम्म अजय एक खालको मानिस थियो । त्यसपछि उसले गोलमाल, ओमाकारा जख्म र कम्पनीजस्ता फरक खालका फिल्ममा काम गर्‍यो । सबैखालका ‘रोल’ मा फिट भएर उसले अरू कलाकारले गर्न नसकेको काम गरेर देखाएको छ ।
(टिओआई)

प्रतिक्रिया