‘विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्छैां

बेलायतको प्रसिद्ध विश्वविद्यालय युनिभसिर्टी अफ वेस्ट इंग्ल्यान्ड र लिड्स मेट्रोपोलिटियन विश्वविद्यालयका कोर्षहरू अध्ययन गराउन काठमाडौं थापाथलीस्थित ट्रेड टावरमा द ब्रिटिस कलेजको स्थापना गरिएको  छ । यहां युनिभसिर्टी अफ वेस्ट इंग्ल्यान्डको बिबिए, मास्टर्स इन इन्टरनेसनल म्यानेज्मेन्ट तथा लिड्स मेट्रोपोलियन विश्वविद्यालयका बिए इन बिजनेस म्यानेज्मेन्ट, बिएस्सी इन इन्टरनेसनल म्यानेज्मेन्ट तथा एमएस्सी इन्फरमेसन सिस्टमका कोर्षहरू गराइन्छ । नेपालमै बसेर विद्यार्थीले बेलायती पाठ्यक्रम पढ्न पाउने र बेलायतभन्दा पांच गुणासम्म सस्तो शुल्कमा अध्ययन गर्न पाउने कलेजको दाबी छ । प्रस्तुत छ यसै विषयमा आधारित रही कलेजका अध्यक्ष नरेन्द्र काडेलसाग सौर्यका काजी श्रेष्ठले गरेको कुराकानी ।

कलेज स्थापनाको मुख्य कारण केलाई लिनुहुन्छ ?
नेपालको सीमा रेखा पार गरी बेलायती डिग्री हासिल गर्दै त्यहीँ आफ्नो कार्यथलो बनाएका नेपालीको दशकौँ लामो बेलायती अनुभवलाई नेपाल र नेपालीलाई साटासाट गर्ने सामूहिक प्रयासस्वरूप ब्रिटिस कलेज जन्मिएको हो । यसर्थ प्रचारप्रसारमा होइन वास्तविक अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनका लागि नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृत लिई निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहने गरी स्थापना गरेका हौँ ।
कलेजबारे अरू के छ ?
नेपालको शिक्षामा केही परिवर्तन गरौँ भनेर बेलायतस्थित विश्वविद्यालय युनिभसिर्टी अफ वेस्ट इंग्ल्यान्ड र लिड्स मेट्रोपोलिटियन विश्वविद्यालयको सम्बन्धनमा द ब्रिटिस कलेजको स्थापना भएको हो ।
बेलायतमा जुन वातावरण शिक्षा पउँछन् सोही वातावरण र शिक्षा हामी यहाँ दिन्छौँ । विद्यार्थीहरू हर क्षेत्रमा सक्षम बनाउने हाम्रो चाहना हो । नेपालमा बसी नेपाली शुल्कमा बेलायती शिक्षा लिन पाउनु सबैका लागि खुसीको कुरा हो भन्ने लाग्छ । विश्वमा बिक्नसक्ने सवल, सक्षम, सीपयुक्त र क्षमतावान बनाउने हाम्रो उद्देश्य हो ।
अन्य कलेजका तुलनामा यस कलेजको विशेषता के हो ?
नेपालमै पढी बेलायती डिग्री दिने यस कलेजको मुख्य विशेषता हो । विद्यार्थीले बेलायतमा पाउने पढाइ नेपालमै कुनै कमी हुन नदिई ४/५ गुणा सस्तो शुल्कमा पढाउने इच्छा हाम्रो हो । गुणस्तर शिक्षा दिई विश्वमै प्रतिस्पर्धा गराउने हो ।
कलेजले शतप्रतिशत बेलायती कोर्ष र बेलायती विश्वविद्यायालकै डिग्री नेपालमा उपलब्ध गराउँछ । कलेजबाट सफलतापूर्वक अध्ययन गर्ने विद्यार्थीलाई कलेजको मुख्य कार्यालय लण्न्डनबाट सञ्चालित साउथ लन्डन कलेज तथा अन्य बेलायती विश्वविद्यायालयमा स्थानान्तरण गर्न सकिने र अन्तिम पढाइ बेलायतमै पूरा गरी त्यहीँको सर्टिफिकेट लिन सकिने व्यवस्थासमेत यस कलेजले दिनेछ ।
पछिल्लो समयमा विदेशी नामका कलेजको विरोध भएका छन् । यसले कतिको असर पार्छ ?
ब्रिटिस कलेज नाम मात्र विदेशी होइन । यसले गर्ने काम सबै विदेशी हो । शिक्षा, सर्टिफिकेट पनि विदेशबाट आउने हो । सबै किसिमका सुविधा विदेशी नै हो । अन्य कलेजले इन्टरनेसनल नाम राखे पनि त्यसअनुसारको शिक्षा दिन सकेका छैनन् । सरकारले नै दर्ता नदिनु पर्ने हो यस्ता विषयमा त । विद्यार्थीले आन्दोलन गर्ने होइन । विदेशी नाम राखे पनि सोहीअनुसारको शिक्षा दिनु अहिलेको आवश्यकता हो । विद्यार्थीले त गुणस्तरीय शिक्षाका लागि मात्र आन्दोलन गर्नुपर्छ । अनि मात्र नेपालको शिक्षा प्रणालीमा विकास हुन्छ ।
विद्यार्थीबाट शुल्क कस्तो लिनुहुन्छ ?
कुनै पनि विषयमा गुणस्तरीय उत्पादन चाहिन्छ भने पैसा बढी नै तिर्नुपर्ने हुन्छ । यसका लागि हामीले नेपाली शिक्षा नभई विदेशी अर्थात् बेलायती शिक्षा दिन लागेका हौँ । बेलायतमा एक वर्ष लाग्ने शुल्कभन्दा कममा यहाँ कोर्ष पूरा गर्न सकिन्छ । बेलायतमा पढ्नका लागि खान, बस्नमा पनि खर्च बढी नै हुन्छ । सोको तुलनामा नेपालै पढ्ने विद्यार्थीले सो स्थानमा लाग्ने खर्चको पाँच गुणा बचत गर्न सक्नेछ ।
कुन–कुन कोहरू अध्यापन गराइन्छ त ?
हाल नेपाली विद्यार्थीहरूलाई बिए इन बिजनेस म्यानेज्मेन्ट, बिएस्सी इन कम्प्युटी, इएमबिए, तथा एमएस्सी इन्फरमेसन सिस्टमका कोर्षहरू अध्यापन गराइन्छ ।
कलेजको भौतिक पूर्वाधार कस्तो छ ?
बेलायती कलेजका तुलनामा यहाँ पनि खासै फरक छैन । पूर्वाधारमा भन्नु हुन्छ भने अत्यधुनिक सिकाइ सुविधा यस कलेजमा रहेको छ । ई–लाइब्रेरी, कम्प्युटर ल्याब, जिमलगायतका पूर्वाधारको विकास गरेका छौँ । देशको व्यावसायिकताभित्र लिंक गर्न सहयोग पुग्ने छ । विद्यार्थीलाई हरेक कुरामा विविध जानकारी गराउनेछौँ ।
कलेजको भावी योजना के छ ?
हामीले यी अध्ययनसँगै आगामी दिनमा टुरिजम हस्पिटालिटी, हेल्थसेक्टर र विश्वमा परिचत विषय अध्यापन गराउने हाम्रो भावी योजना रहेको छ । जसले गर्दा आफूले चाहेको विषय नेपालमै बढी सरल, सहज र सस्तो मूल्यमा पढ्न पाउन ।

प्रतिक्रिया