उपाधि भिडन्तमा गोल्डेनगेट ‘ए’ र नेसनल क्याम्पस

काठमाडौं, १७ साउन । गोल्डेनगेट इन्टरनेसनल कलेजको ‘ए’ टिम र नेसनल क्याम्पस प्रथम वीर गणेशमान स्मृति अन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले बाग्मती मोर्डन कलेजलाई ४६–४० ले पराजित गर्‍यो । विजेताका अनिल पाण्डेले महत्त्वपूर्ण २१ अंक जोडे ।
गोल्डेनगेट पहिलो क्वाटरमा ८–९ ले पछि पर्‍यो भने दोस्रोमा ८–८ को बराबरीमा रोकियो । त्यसपछिको खेलमा फर्केको गोल्डेनगेटले तेस्रोमा १०–८ र चौथोमा २०–१६ को अग्रता लिँदै फाइनल यात्रा पक्का गर्‍यो ।
नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला क्षेत्र नं. ४ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा नेसनलले जेभियर इन्टरनेसनल कलेजमाथि ६३–२८ को फराकिलो जित निकाल्यो । नेसनलको सहज जितमा साश्वत सिंहले १३ अंक योगदान गरे ।
जेभियरले तेस्रो क्वाटरमा १८–१६ को सामान्य अग्रता लियो । अन्य क्वार्टरमा भने नेसनलले बाजी मार्दै जित आत्मासात् गर्‍यो । नेसनलले पहिलोमा १८–३, दोस्रोमा १७–२ तथा चौथोमा १२–५ को प्रदर्शन गर्‍यो । फाइनल बुधबार हुँदै छ ।

प्रतिक्रिया