राजविराज : सप्तरीको बक्धुवाबाट एक युवक जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । बक्धुवा–७ का रामचरितर यादवलाई प्रहरीले जबर्जस्ती करणीको अभियोगमा पक्राउ गरेको हो ।
यादवले घाँस–दाउराका लागि जंगल जाँदै गरेकी एक युवतीलाई एक्लै भएको मौका पारी जबर्जस्ती गरेको परिवारका सदस्यले जानकारी दिए । यादवले युवतीमाथि जबर्जस्ती गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नेकपा–माओवादीका एरिया सहसंयोजक रहेका यादवले दुई वर्षअघि पनि स्थानीय युवतीलाई बलात्कार गरेका थिए । प्रहरीले मुद्दा चलाए पनि अदालतबाट उनी रिहा भएका थिए । (सौस)
प्रतिक्रिया