अर्काकी पत्नी जिस्काउने पत्रकार पक्राउ

जाजरकोट, १६ साउन । प्रहरी सहायक निरीक्षक विशाल रानाकी पत्नी सुनिता शाहलाई अभद्र व्यवहार गर्ने युवालाई प्रहरीले थुनामा राखे पछि रिहाइको माग गर्दै आज स्थानीयले जिल्ला प्रहरी कार्यालय जाजरकोट घेराउ गरेका छन् ।
स्थानीयले प्रहरीले विनाकारण युवाहरुलाई कुटपिट गर्नुका साथै पक्राउ गरेर थुनामा राखेको आरोप लगाएका छन् । उनीहरुले पक्राउ परेका युवालाई रहा गर्न दबाव दिदै प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
पत्नी सुनितालाई स्थानीय यूवाले जिस्काए पछि आक्रोशित सहायक निरीक्षक रानाले सोमबार राति खलंगा–२, सिमलगैरीका १०/१२ जना यूवाहरुलाई कुटपिट गरेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत असई रानाकी पत्नी सुनिता ड्युटी सकेर घर फर्कदै गर्दा सिमलगैरीमा स्थानीय पुष्पराज गौतमलगायतले चुईगम चपाएर शरीरमा फ्याकेर अभद्र व्यवहार गरेपछि विवाद सृजना भएको थियो ।
सुनितालाई अवभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले अन्य दुई यूवालाई पनि पक्राउ गरेर थुनामा राखेको छ । सुनितालाई अभद्र व्यवहार गरेका कारण थुना पर्नेमा प्रेस युनियन जाजरकोटका सदस्य एवं पत्रकार गणेश बानियाँ र एसएलसी पुरक परीक्षा दिन आएका रोकायगाउँ–९, का वीरबहादुर नेपाली छन् ।
असई राना एमाओवादी क्षेत्र नम्बर–२ जाजरकोटका पूर्व सभासद भक्तबहादुर शाहका ज्वाँई पनि हुन् ।

प्रतिक्रिया