“९० वर्षसम्म फिल्म खेल्छु”

सफलताको शिखरमा पुगेकी बलिउड अभिनेत्री करिना कपुरले अभिनय क्षेत्रबाट कहिले विश्राम लिन्छिन् होला ? उनले चाँडै विश्राम लिने त होइनन् भनेर चिन्तत हुनुहुन्छ भने तपाईंको चिन्ता व्यर्थ छ । करिनाले आफू ९० वर्ष नभइन्जेसम्म अभिनय क्षेत्रबाट विश्राम नलिने घोषणा गरेकी छन् ।
मधुर भण्डारकरको नयाँ फिल्म हिरोइनमा अभिनय गरेकी करिनाले हालसालै यस्तो बताएकी हुन् । हिरोइनमा ग्ल्यामरस जीवन व्यतीत गरेर अन्त्यमा पतन हुन पुगेकी एक अभिनेत्रीको जीवन चित्रण गरिएको छ । के उनलाई आफ्नो जीवन पनि त्यस्तै होला भन्ने चिन्ता छ भनी सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘यस्तो मैले आजसम्म सोचेकी छैन, ९० वर्षसम्म कर्मठ रूपमा अभिनय क्षेत्रमा लाग्ने मेरो सोचाइ छ । त्यसभन्दा अगाडि म विश्राम लिन्नँ ।’
यसअघि विद्या बालनको फिल्म द डर्टी पिक्चर ले पनि यस्तै कथा उठान गरेको थियो । तर, डर्टी पिच्चर ८० को दशकको कथावस्तुमा आधारित छ भने करिनाको हिरोइन अहिलेको परिवेशअनुरूप भएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया