म्याडोनाको घरमा होहल्ला

अनेक ‘स्क्यान्डल’का कारण विवादमा आइरहने हलिउड पप गायिका म्याडोना पुन: विवादमा तानिएकी छन् । एक कन्सर्टको समापनपछि उनको घरमा आयोजित पार्टीमा रक्सी खाएर सहभागीले होहल्ला गरेपछि छिमेकीले म्याडोनाविरुद्ध रिपोर्ट गर्दा उनी विवादमा तानिएकी हुन् । मेफेयरस्थित घरमा दिएको पार्टीमा उनले जर्ज मिसेल र स्टेला म्याकार्टनीजस्ता वरिष्ठ पाहुनालाई आमन्त्रण गरेकी थिइन् ।
पार्टीमा सहभागीहरू मदिराको नसामा लठ्ठ भएर होहल्ला गर्नथालेपछि छिमेकीहरूले सरकारी अधिकारीलाई यसबारे खबर गरेका थिए । ‘केही बेरसम्म त हामीले सहेरै बस्यौँ तर होहल्ला रोक्न कोही अग्रसर नभएपछि प्रहरीलाई खबर गर्‍यौँ,’ एक छिमेकीले भनिन् । राति २ बजेर १५ मिनेटसम्म म्याडोनाको घरमा होहल्ला भएपछि पूरै छरछिमेकीलाई ‘डिस्टर्ब’ भएको उनले बताए । (एजेन्सी)

प्रतिक्रिया