रसिकको एकल साँझ हुने


काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकले एकल साँझमार्फत गायनको जादू छर्ने भएका छन् । आगामी १२ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा एकल गायनका साथ प्रस्तुत हुने सोमबार आयोजित पत्रकार भेटघाटमा उनले जानकारी गराए ।
भोजपुरको छिनामखुमा जन्मिएका गणेशको एकल साँझको आयोजना छिन्नामखु सरोकार समाज भोजपुरले गर्न लागेको हो । कार्यक्रमबाट उठेको रकम छिन्नामखुको सडक, स्वास्थ्य र शिक्षामा लगानी गरिने गणेशले बताए ।
रत्न रेकर्डिङ संस्थान, सांस्कृतिक संस्थान र साझा प्रकाशनमा महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालिसकेका गणेशले शब्द, संगीत र स्वरका माध्यमबाट नेपाली संगीतमा पाँच दशक बिताइसकेका छन् । (सौस)

प्रतिक्रिया