क्याथफोर्ड विश्वविद्यालय बुद्धिचाल जारी


काठमाडौ, ८ साउन । प्रथम क्याथफोर्ड राष्ट्रिय विश्वविद्यालय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सकिएको छ ।
तेस्रो चरणको समाप्तिमा शंकरदेवका पुरुषोत्तम चौलागाईं, महेन्द्ररत्नका श्यामबाबु शाह, गोल्डेनगेटका रोशनकुमार जयसवाल तथा प्रसान भासिमा, सिभिएमका सुशील चौधरी, एड्भान्सका निकेस दुवाल, प्रसुन जडौजीया, पिरामिडका सुरज पण्डित, सुमन राई, सूर्यसन प्रजापति, अनील पुनमगर, कैलाशकुमार शाही र अर्जुन थापा संयुक्त रूपमा शीर्ष स्थानमा छन् । यसैगरी सुरोज कर्माचार्य, पुल्चोकका आशिष आचार्य, सगेश अधिकारी, लोकेन्द्र ठगुन्ना, मदन अर्याल र विनोद तिमल्सिनाका दुई दशमलव ५ अंक छ । यसैगरी, मदनकृष्ण कायस्थ र दमक क्याम्पसका प्रकाश नेपाल पनि २ दशमलव ५ अंक छ ।
प्रतियोगिता स्विस लिग प्रणालीअनुसार पाँच दिनसम्म नौ चरणमा सञ्चालन हुनेछ भने यसमा देशका पाँचवटै विश्वविद्यालयबाट एक सय ४३ खेलाडीको सहभागिता रहेको छ । युनिग्लोब कलेजमा जारी प्रतियोगिताको सोमबार बिहान ११ बजे चौथो र दिउँसो २ बजे पाँचौँ चरणको खेल हुनेछ ।

प्रतिक्रिया