जनयुद्धको परिणाम

एकीकृत नेकपा (माओवादी) को विस्तारित बैठकमा देखिएको भाँडभैलोले सिंगो नेपाली कम्युनिस्ट आन्दोलनकै बदनाम गरेको छ । संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित पार्टीभित्र यस्ता किसिमका उछृंखल घटनाहरू हुनु भनेको लज्जास्पद विषय हो । त्यसमा पनि पार्टी अध्यक्ष र आºनै पार्टीका प्रधानमन्त्रीमाथि कार्यकर्ताबाट आक्रमणको प्रयास गरिनु पनि अशोभनीय घटना हो । हुनत वर्षौंसम्म युद्ध लडेका लडाकुका आक्रोश आºनै ठाउँमा छन् । युद्धमा जीवन गुमाउन पुगेका आफन्तहरूको शोक आºनै ठाउँमा छ । घाइतेहरूको दैनिक जीवन त झनै कष्टकर छँदैछ । त्यसमाथि राजतन्त्रको विस्थापन गर्दै गणतन्त्र स्थापनाका लागि आºनो जीवन र परिवारको कुनै परवाह नगरी लडेका लडाकुका आºनै आक्रोश छन् । त्यसमाथि दिलो ज्यान दिएर लडेका लडाकुको सम्मानस्वरूप दिइएको रकममाथि पार्टी नेतृत्व तथा कमान्डरबाटै अनियमितता हुनु भनेको सिंगो जनयुद्धप्रति र पार्टीप्रतिकै बेइमानी हो । यस्ता विषयमा पार्टी नेतृत्वले स्वतन्त्र र निष्पक्ष ढंगबाट छानबिन र अनुसन्धान गरी दोषीलाई कारबाही गर्नैपर्छ । हिजोको घटना पार्टीभित्रै भएका यिनै विकृति, विसंगति र अराजकताको परिणाम हो । यो कुनै नेता तथा कार्यकर्ताप्रतिको आक्रोश मात्रै थिएन । यस घटनाले पार्टी नेतृत्व तथा शीर्ष नेतामा कार्यकर्ता, जनता तथा राष्ट्रप्रतिको दायित्वबोध र ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया