यार्साव्यापारी लुट्ने तीनजना पक्राउ

कैलाली, ५ साउन । यार्सागुम्बाको खरिद बिक्री गर्ने म्याग्दी र बागलुङका दुईजना व्यापारीको रुकुममा पन्ध्र लाख लुटिएको छ ।
यार्सागुम्बा  खरिदको लागि डोल्पा हुँदै रुकुमको गोतामकोट पुगेका म्याग्दी जिल्ला नारचिङ २ का शिव पुन र बाग्लुङ जिल्ला तामाङ १ का किसन घर्तीमगरको पासबाट १५ लाख नगद लुटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा रुकुम स्यालाखदी ७ का २२ वर्षीया पशुपती बुढा, गोतामकोट ५ का २८ वर्षीया यदुनाथ र सोही ठाउँका १९ वर्षीका दिपेन्द्र भण्डारी रहेको रुकुमका प्रहरी प्रमुख डिएसपी किसनसिंह थापाले बताए ।
बुधबार सांझ बाटो ढुकेर बसेका निज तीन जनाले पुन र घर्तीमगरको पैसा लुटेर फरार रहेकोमा प्रहरीले बिहीबार साझ गोतामकोटमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट केही रकम फेला परेको छ । थप अनुसन्धान भइरहेकोले वास्तविक कुरा अनुसन्धानपछि मात्र थाहा हुने डिएसपी थापाले बताए । डिएसपी थापाले भने तीनैजनालाई चोरी मुद्दा चलाइने बताएका छन् ।

प्रतिक्रिया