गोविन्दको प्रश्न झरनाको उत्तर

गाविन्द : केमा व्यस्त हुनुहुन्छ ?
झरना : चलचित्रको काममै व्यस्त छु । तपाईं पनि चलचित्र संसार आफ्नै रिलिज गर्ने तयारीमा हुनुहुन्छ क्यारे होइन !
गोविन्द :  चलचित्रमा अभिनयपछि त्यसको पब्लिसिटीमा पनि हिँड्नु कलाकारको दायित्वभित्र पर्ला कि नपर्ला ?
झरना : भ्याए र सकेसम्म त हिँड्नैपर्छ तर नभ्याएपछि त के लाग्यो र गोविन्दजी † आपैँmले अभिनय गरेको तपाईंको चलचित्र संसार आफ्नैको क्यासेट विमोचनमा म चाहेर पनि आउन सकिनँ । तर मलाई लाग्छ– चलचित्र राम्रो छ भने खासै पब्लिसिटी चाहिँदैन । संसार आफ्नै राम्रो बनेको छ ।
गोविन्द : संसार आफ्नै साउन १८ गते रिलिज हुँदै छ, तपाईंको साथ रहला किन नरहला ?
झरना : आफूले अभिनय गरेको चलचित्र, त्यसमाथि निकै राम्रो बनेको छ । सकेसम्म संसार आफ्नैलाई साथ दिनेछु । अहिलेसम्मचाहिँ अरू चलचित्रमा व्यस्त हुनुपरेकाले समय दिन नसकेकी हुँ गोविन्दजी ।
गोविन्द : तपाईंको पहिलो लभ कोसँग परेको थियो नि ?
झरना : सुनीलजीसँगै हो पहिलो लभ परेको, विवाह पनि उहाँसँगै भयो ।
गोविन्द : रिस उठ्दा के गर्नुहुन्छ नि ?
झरना : रिस नमरुन्जेल सुतिरहन्छु, कोहीसँग पनि बोल्दिनँ, चुप लागेर बस्छु ।
गोविन्द : तपाईंलाई मन पर्ने निर्देशक को हुन् ?
झरना : निर्देशक सुरज सुब्बा नाल्बो ।

प्रतिक्रिया