दुग्ध विकास संस्थान ४४ वर्षमा

काठमाडौं : दुग्ध विकास संस्थान ४४ वर्षमा प्रवेश गरेको छ । संस्थानले ३९ जिल्लामा १२ सय दुग्ध उत्पादक सहकारी संस्थामार्फत ढेड लाख र कृषकबाट आठ करोड लिटर संकलन गर्दै आएको छ ।
संस्थानले ६३ वटा दुग्ध चिस्यान केन्द्र, आठ वटा अत्याधुनिक प्रशोधन कारखाना, सातवटा चिज उत्पादन गर्ने कारखाना तथा गाईको दूधबाट चिज उत्पादन गर्ने कारखाना पाँचवटा रहेको छ । दूध तथा दुग्ध पदार्थको सर्वसुलभ तरिकाबाट बिक्रीवितरण गर्न संस्थानले एक हजार नौ सयवटा बुथ, १८ डिस्ट्रिब्युटर तथा नौवटा आयोजना बिक्री केन्द्रसमेत रहेको संस्थानले जनाएको छ । महिला सशक्तीकरणको लागि नमूनाको रूपमा नौ जिल्लामा ‘गाई र माई’ कार्यक्रम सञ्चालनको साथै दुग्ध संकलनमा अभिवृद्धि ल्याउनका लागि सेवामूलक कार्यक्रम समावेश गरी ‘दुग्ध अभिवृद्धि कार्यक्रम’ समेत सञ्चालन गरेको छ ।
काठमाडौंको बढ्दो दुग्ध पदार्थको मागलाई ध्यानमा राखी खुमलटारमा अत्याधुनिक कारखाना निर्माण गरिने संस्थानको सोच रहेको छ । त्यस्तै दैनिक दुई लाख लिटर उत्पादन क्षमता वृद्धि गर्ने संस्थानले जनाएको छ । (सौस)

प्रतिक्रिया