‘पुतली बनिन् वाइनहाउस

हलिउडकी प्रख्यात गायिका एमी वाइनहाउसको मृत्यु भइसकेको छ । तर, कसैले उनको पुनर्जन्म भएको उल्लेख गर्छ भने तपाईंलाई आश्चर्य लाग्न सक्छ ।
गायिका वाइनहाउसकी आमाले यस्तै आश्चर्यलाग्दो भनाइ व्यक्त गरेकी छन् । ‘द सन’ नामक वेबसाइटसँगको कुराकानीमा उनले आफ्नी छोरीले पुतलीका रूपमा पुनर्जन्म लिएकामा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् । आमा जेनी वाइनहाउसले भनेकी छन्, ‘उसको पुनर्जन्म भइसकेको छ भन्नेमा म पूर्णत: विश्वस्त छु, ऊ नयाँ जन्ममा पुतली भएकी छे ।’ छोरीले स्वतन्त्रता रुचाउने भएकाले उसले पुतलीका रूपमा पुनर्जन्म लिएको उनी बताउँछिन् ।
गायिका वाइनहाउसको गत वर्ष २३ जुलाईका दिन मृत्यु भएको छ । उत्तरी लन्डनस्थित आफ्नै घरमा उनलाई मृत अवस्थामा फेला पारिएको थियो । अत्यधिक मदिरा सेवन गरेकाले उनको मृत्यु भएको प्रहरीले जनाएको थियो । मृत्यु हुँदा उनी २७ वर्षकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया