सुनगाभा ह्याम्बर्गलाई छनोट

काठमाडौं : नेपाली चलचित्रहरू विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुने क्रम बढेको छ । पछिल्लोचोटि चलचित्र सुनगाभा जर्मनीको ह्याम्बर्ग फिल्म महोत्सवका लागि छनोट भएको छ । केही दिनअघि सुभाष गजुरेलको यसरी आरू फुल्दछ मस्को सहरमा हुने एचआइभी इन्टरनेसनल फेस्टिभल रुस महोत्सवमा छानिएको थियो ।
आगामी असोज ११ देखि २६ सम्म चल्ने ह्याम्बर्ग महोत्सवमा सुनगाभाले विशेष प्रदर्शन गर्ने बताइएको छ । सुवर्ण थापाको निर्देशन रहेको यो चलचित्र ८५ मिनेटको छ । यसमा नेपाली र नेवारी भाषाको प्रयोग छ ।
निशा अधिकारी, दिया मास्के, वसुन्धरा भुषाल, सरिता गिरी, सौगात मल्ल, मेनुका प्रधानलगायत कलाकारको अभिनय रहेको चलचित्रलाई महोत्सवमा प्रदर्शन गर्न अंग्रेजी, फ्रेन्च र जर्मन भाषामा पनि सबटाइटल गरिएको निर्माण पक्षले जानकारी गरायो । (सौस)

प्रतिक्रिया