रंग‍-विविध

‘कट्टु सिजनअनुसारको फेसन हो’

सौर्य अनलाइन २०६९ असार २७ गते १:३० मा प्रकाशित

जुनी फेर्न पाए के भएर जन्मने ?
त्यस्तो मौका पाए आध्यात्मिक युवती भएर जन्मन्थेँ ।
तपाईंका साथमा अहिले कति नगद छ ?
मसँग अहिले भर्खरै एटिएमबाट निकालेको २५ हजार रुपियाँ छ ।
मान्छेले किन कट्टु लगाउँछन् ?
हरेक कपडा फेसन हुन् । त्यस्तै कट्टु पनि सिजनअनुसारको फेसन हो । सिजनअनुसारको फेसन त लगाउनै पर्‍यो नि †
हलिउड चलचित्र स्पाइडर म्यानको नयाँ सिक्वेलमा खेल्ने अफर आए के गर्नुहुन्छ ?
खुसीले पागल हुन्छु । उडीउडी अभिनय गर्न पाइन्छ । क्या मज्जा †
कस्ता चित्र कामुक लाग्छन् ?
मलाई आºनै चित्र कामुक लाग्छन् । म एकदमै कामुक छु रे नि †
कस्तो ड्रेसमा भल्गारिटी झल्कन्छ ?
छोटो एकबित्ताको स्कर्ट, त्यसलाई पनि केही उचालियो भने त्यस्तो ड्रेसमा भल्गारिटी झल्कन्छ ।
सारी चोलोचाहिँ भल्गर हुँदैन हो ?
भाँती पुर्‍याएर नलाए त्यो पनि भल्गर देखिन सक्छ । नाइटोभन्दा तल सारी लगाउने अनि ब्राजस्तो ब्लाउज लगाउन थालेपछि यो भल्गर देखिन थालेको छ ।
एक्कासि आएर तपाईंलाई कसैले अपहरण गरे ?
म पनि एक्सन नायिका हुँ, अपहरणकारीलाई ठेगान लगाइदिन्छु ।
विवाहपछि पनि श्रीमान्ले सेक्स सम्बन्ध राख्न नमाने के गर्नुहुन्छ ?
विवाह गरेपछि पनि सेक्स सम्बन्ध राख्न पाइँदैन भने त्यस्ता श्रीमान्सँग बसेर के फाइदा ? त्योभन्दा त बरु आँखा नदेख्नेसँग विवाह गर्थें । विवाह केवल नातासम्बन्ध जोड्न मात्र होइन, यो त सेक्सको अपूर्व मिलन हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय