सुरेशको काल्पनिक पेसा लिचीखेती

संगीतकार सुरेश अधिकारीमा संगीतप्रतिको लगाब यति धेरै रहेछ कि पाँच कक्षामा पढ्दा नै उनले सकी–नसकी एउटा गीत बनाएका रहेछन् । यद्यपि, त्यो गीत रेकर्ड हुन पाएन । संगीतको त्यही लगाबले सांगीतिक क्षमता पनि बढाउँदै लैजाँदा १७ वर्षको उमेरमा उनले माया जाल भन्ने भिडियो चलचित्रमा पहिलोचोटि संगीत गर्ने अवसर पाए । उनको स्वर अनि संगीतमा रेडियो नेपालबाट प्रसारित पहिलो गीत भने वीरेन्द्र राईले लेखेको म मरेको पल हो । जसको सफलतापछि नेपाली संगीतभित्र सुरेशको परिचय पनि छुट्टै ओज बोकेर दर्ता भयो । माया नमारबाट नेपाली चलचित्रलाई अब्बल संगीत दिन सुरु गरेका उनको यो यात्राले अझै रºतार समातिरहेकै छ । पहिलो एल्बम श्रेयदेखि अहिलेसम्म आइपुग्दा सातओटा एल्बम ल्याइसके । अहिलेसम्म चार हजार बढी गीतमा संगीत भरिसकेको सुनाउँदै उनले भने– ‘६० वटा गीतमा त स्वर पनि दिइसकेको छु ।’
सोधियो– तपाईं संगीत क्षेत्रमा नलाग्नुभएको भए यतिखेर के गरिरहनुभएको हुनुहुन्थ्यो होला ? उनले भने, ‘सांगीतिक क्षेत्रमा नलागेको भए कानुनको विद्यार्थी हुँदै वकिल बन्थेँ होला । अनि अर्को विकल्पका रूपमा किसानी पनि गर्न सक्थेँ । किनकि म कृषककै छोरा हुँ ।’ उनले किसानीअन्तर्गत पनि हिमाल, पहाड र तराईअनुसार भू–भाग बुझेर छुट्टाछुट्टै किसिमका खेती गर्थें होला भने । तराईमा आँप, लिची खेती गर्दा राम्रो हुने उनलाई लाग्दो रहेछ । कृषक हुनुको कल्पनामा डुब्न थाले उनी, ‘मध्यम परिवारको भएकाले लगानीचाहिँ सानै हुन्थ्यो होला मेरो, आºनो जति जग्गा छ, त्यतिमा मात्रै सुरु गर्थें कि †’ आँप, लिची खेती गर्न पनि पारम्परिक र आधुनिक गरी दुई तरिका देखेका रहेछन् उनले । विशेषज्ञहरूसँग सरसल्लाह गरी उन्नत तरिकाबाट खेती गर्ने उपाय सोच्ने रहेछन् ।
पहिलोचोटि गरेको व्यावसायिक खेती । अनुभवको कमीले गर्दा असफल हुने वा लगानी डुब्ने जोखिम पनि उत्तिकै रहन्छ । त्यस्तो भए उनी के गर्लान् ? ‘असफल हुँदैमा चुप लाग्नु हुँदैन, कमीकमजोरी हटाएर पुन: खेती सुरु गर्थें होला म त,’ उनले भने, ‘ती गल्तीलाई दोहोरिन नदिई अर्को पटक मनग्गे आम्दानी गर्ने उपाख खोज्थेँ ।’ आप र लिचीखेती फस्टाएर व्यापार राम्रो हुँदै गए त्यसबाट एक–दुई कठ्ठा थपेर आºनो कृषि उद्योगलाई अझ बढाउने सोच्ने रहेछन् यी संगीतकारले भए । त्यसपछि गाउँका अरू कृषकले उत्पादन गरेका आँप, लिची जम्मा पारेर त्यसको छुट्टै अचार उद्योग पनि खोल्ने सपना देखे सुरेशले ।
कामदारको व्यवस्थापनचाहिँ कसरी गर्ने त ? ‘आँप र लिचीखेतीमा खासै कामदार आवश्यक नपर्लान्, सिजनमा अलिअलि चाहिने हुन्, त्यही बेलाका लागि मात्रै राख्थेँ होला’, उनको काल्पनिक ठम्याइ । जतिसक्दो आफू नै खटिन्थेँ भन्छन् । कामदार राख्नै परे उनीहरूको चलेको पारिश्रमिकभन्दा पाँच पर्सेन्ट बढी दिएर राम्रो काम लिने उनको सोच हुने रहेछ । उनीहरूलाई दक्ष, अर्धदक्ष र सिकारुको क्याटागोरीमा छुटयाएर त्यसैअनुरूपको तलब दिने सुनाउँछन् । उत्पादनअनुसारको बजार पाइएन भने अन्तर्राष्ट्रिय बजार पनि खोज्थे होलान् रे उनी । नेपालमै अन्य व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय बजार खोज्न सकिने देखेका रहेछन् । भन्छन्, ‘तराईमा हुने आँप, लिची डोल्पा, मुस्ताङमा हुँदैन, त्यहाँका व्यापारीसँग स्याउ छ । उनीहरूका लागि हामीले तराईमा स्याउको बजार खोजिदिने अनि उनीहरूले पनि आºनो एरियामा हाम्रो उत्पादनको बजार खोजिदिए व्यावासायिक व्यवस्थापन आफैँ राम्रो हुन्छ ।’
आँप र लिचीखेतीका कारण अन्तर्राष्ट्रिय रूपमै सफल भए उनी आºनो आम्दानी केमा खर्च गर्लान् ? कृषिकार्यको कल्पनात्मक खेतीमा डुब्दै उनी कल्पिए, ‘त्यस्तो आम्दानी भएछ भने त प्राकृतिक प्रकोपमा परेकाहरूका लागि आर्थिक सहयोग गर्थें होला ।’ कल्पनाबाट बाहिरिँदै मुलुक र कृषि पनि बुझेका संगीतकार मानसिकतामा फर्किए उनी अब– ‘सरकारले बेलाबेलामा विभिन्न खेतीहरूका आधारमा बजेट ल्याइरहेका हुन्छन् तर त्यो श्रमिकसम्म पुग्दैन, कसैले भष्टचार गरिदिन्छन् ।’ यस्ता श्रमिकको उत्थानका लागि उनीहरूले उत्पादन गरेका बालीनाली किनेर सरकारले नै थोक मूल्यमा बजार व्यवस्थापन गरिदिए कृषि पेसामाथि उठ्ने ठम्याए, यी संगीत सर्जकले ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया