एमाओवादीको पोलिटब्युरो स्थगित

काठमाडौं, २६ असार । पार्टीका शीर्ष नेताहरु व्यस्त भएपछि सत्तारुढ एमाओवादीको पोलिटब्युरो बैठक स्थगित भएको छ ।
पार्टी मुख्यालयमा बस्ने भनिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यले धारणा राख्ने कार्यक्रम थियो । शान्ति र संविधानको आफ्नो पुरानै एजेण्डालाई अघि सारेका दाहालको प्रतिवेदनमा मुलुकको समसामयिक र पार्टी विभाजनका विषय समेत रहेका थिए ।
पार्टी विभाजन पछि पहिलो पटक सुरु भएको पोलिटब्युरो बैठकले साउन पहिलो साता हुने राष्ट्रिय भेलाको तयारी र एजेण्डा समेत बनाउने छ । बैठक बुधबार बस्ने एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया