इन्जिनियरलाई प्रशासनमा बुझाइयो

कैलाली : उपभोक्ता समितिबाट घुस लिएको भन्दै एकीकृत नेकपा (माओवादी) का कार्यकर्ताले जिल्ला प्राविधिक कार्यालय बैतडीका प्रमुख मोहनबाबु यादवलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।
आर्थिक वर्षको कारोबार हुने अन्तिम दिन सोमबार स्थानीय उपभोक्ताबाट कामै नभएका योजनाको काम भएको भनेर घुस लिएर फरफारख गरी भुक्तानी दिएको भन्दै सोमबार माओवादी कार्यकर्ताले यादवलाई प्रशासनमा बुझाएका हुन् ।
बिहान ११ बजे एमाओवादीका अमर धामी, दीपेन्द्र कुँवर, दिनेश महरालगायतको समूहले इन्जिनियर यादवलाई कार्यकक्षबाट नियन्त्रणमा लिएर सिडिओ गोविन्दमणि भुर्तेललाई बुझाएको प्राविधिक कार्यालयका कर्मचारीले बताए ।

प्रतिक्रिया