पोखरा, २४ असार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईको सत्तालिप्साका कारण नै मुलुक अन्योलतर्पm धकेलिएको आरोप लगाउनु भएको छ ।
पोखरामा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देशमा जटिलता थपिँदै गएको बताए । उनले भने, ‘प्रधानमन्त्री भट्टराईलाई मुलुकका लागि कुनै चिन्ता र चासो छैन ।’
अहिलेको सरकार पदमुक्त भई कामचलाउ भइसकेकाले राजनीतिक दलहरूको सहमतिबिना पूर्ण बजेट सम्भव नरहेको नेपालले बताए । उनले भने, ‘बलजफ्ती ल्याइएको पूर्ण बजेट अन्य दललाई मान्य हुँदैन ।’
नेता नेपालले पूर्व राजालाई राजावादीको नेता बत्र चुनौती दिएका छन् । उनले भने, ‘पूर्व राजालाई राजनीति गर्नु छ भने नेता भए बने भईहाल्यो नी ।’
प्रतिक्रिया