जीवनको लगाम आफ्नै हातमा

हामी द्वन्द्वमा बाँच्छौँ । सारा जीवन द्वन्द्वमै बिताइदिन्छौँ । चाहे गृहस्थ हुन् वा सन्न्यासी तिनीहरू पूरा जीवन द्वन्द्वमै बिताउँछन् । असी वर्षको जीवनकालतिर पुगेपछि के गर्ने कसो गर्ने भन्ने चिन्ता । प्रतिक्षण तपाईंहरूका मनमा तर्कवितर्क चलिरहन्छ, निर्णय गर्न सक्नुहुन्न । दुनियाँले जता धकेलिदिन्छ त्यतै धकेलिने हो । किनभने तपाईं स्वयं आºनो हातमा हुन हुन्न । त्यस्ता असाधारण व्यक्ति हुन्छन्, लाखमा एक दुई व्यक्ति जसले आºनो जीवनलाई आºनै हातमा राख्न सक्छन् । औरंगजेब जब राजा बने हामीकहाँ हात्तीमा बसाएर राजतिलक गर्ने परम्परा छ भनेर उनलाई हात्तीमा बसाइयो । भर्‍याङ लगाएर औरंगजेब पहिलोपल्ट हात्तीमा बसे । जस्तो घोडाको लगाम हुन्छ, ऊँटको लगाम हुन्छ, त्यस्तै लगाम देऊ ताकि म यसलाई चलाउँन सकूँ– उनले हात्ती चढ्नेबित्तिकै यसरी लगाम मागे । ‘शाहन्साह–ए–आलम हात्तीको लगाम हुँदैन,’ उनलाई जवाफ दिइयो । उनी तुरुन्तै हात्तीबाट तल उत्रिँदै भने– ‘जसको लगाम छैन म त्यसमा सवार गर्दिन । यो सवारी मलाई काम लाग्दैन ।’
त्यस्तो जीवनको पनि काम छैन, जसको लगाम आºनै हातमा हुँदैन । त्यस्तो जीवन बाँच्नु बेकार छ जुन तपाईंको हातमा छैन । जीवन त्यही सार्थक छ जसको गुरुसँग सामीप्यता होस्, पूर्णताका साथ सामीप्यता होस्, प्रेमका साथ सामीप्यता होस् । बाध्यताका साथ सामीप्यता हुन सक्तैन । छलकपट, झुट बोकेर सामीप्यता हुन सक्दैन । यदि तपाईंले कसैलाई गाली गर्नुभयो भने उसले सुनोस् या नसुनोस् गालीको शब्द त वातावरणमा तैरिन्छ त्यसले तपाईंलाई धेरै तल गिराइदिन्छ । कसैलाई अनाहक गाली गर्नु, निन्दा गर्नु आफैँ तल झर्नु हो । जब तपाईं चिन्तन गर्नुहुन्छ– म ती मुठ्ठीभर व्यक्तिहरूमध्ये एक बन्ने छु, बन्ने भए नानक बन्नेछु, वीरविक्रमादित्य बन्ने छु, तब तपाईं एक पाइला अगाडि बढ्नुहुनेछ । विक्रमादित्य भौतिक दृष्टिले एक पूर्णता प्राप्त राजा र नानक एक फक्कड साधु । दुवैको जस्तो जीवन जिउन चाहने हो भने राजाको जस्तै जिउने । गधाको जस्तै काम गर्‍यो भने राजाको जस्तै जीवन बाँच्न पाइन्छ । शेक्सपियरले भनेका छन्– दिनमा गधाजस्तै बाँच्नुपर्छ, राति राजासरह बाँच्नुपर्छ ।
श्वेतश्वेतारोपनिषद्मा भनिएको छ– चाहे बालक होस्, पुरुष होस् या स्त्री होस्, जसले जीवन आºनै हातमा राख्छ या गुरुका हातमा राख्दछ ऊ नै सफल हुन सक्तछ । सिक्कालाई दुई भागमा बाँड्न सकिँदैन । सिक्काको दुई पाटो हुने मात्र हो सिक्का एकै हो । यस्तै एउटै व्यक्तित्वको पनि दुई पाटो हुन्छ, जसमा एउटालाई गुरु भनिन्छ, अर्कोलाई शिष्य । दुवै मिलेर एउटा पूरा सिक्का बन्छ, एउटा व्यक्तित्व बन्छ त्यो मात्रै चल्न सक्छ ।
जब शिष्य प्रशन्नताका साथ गुरुमा मिल्न जान्छ भने त्यो मिलन एकनिष्ठाको कारणबाटै मात्रै हुन सक्तछ । एक निष्ठाको अर्थ निरन्तर गुरु कार्यमा संलग्न र सचेष्ट रहनु । मेरो तात्पर्य यो होइन कि शिष्यले मेरो काम गरुन् । मैले केवल श्लोकको अर्थ स्पष्ट पारेको हुँ । परन्तु प्रतिक्षण उनको कार्यमा संलग्न रहनु, सचेष्ट भएर रहनुले मनमा सन्तोष हुन्छ– वास्तवमै म क्षणक्षण बाँचेको छु, त्यसै खेर फालेको छैन, मैले केही न केही सिर्जना गरेँ, व्यर्थ हुन दिइनँ, गाली गरिनँ, रचना गरेर बिताएँ । यस क्षणमा कसैलाई स्मरण गरेँ, कसैको हृदयमा उत्रने क्रिया गरेँ । भाग्य या जीवन तपाईंकै हातमा छ । व्यक्ति जन्मदेखि अन्तिम दिनसम्म पनि बालक नै रहन्छ । यदि निरन्तर सिक्ने क्रिया भयो, प्रेम गर्ने क्रिया भयो त्यो पनि तपाईंकै हातमा छ ।
यस उपनिषद्मा भनिएको छ– तपाईं कस्तो जीवन चाहनुहुन्छ– घटिया, रुन्चे, दु:खी या स्वयंमा एकनिष्ठता प्राप्त गरेर, जीवनमा प्रत्येक क्षण आनन्द लिँदै मुस्कुराउँदै चिन्तन गर्दै आनन्दका साथ बाँच्ने जीवन । कस्तो जीवन व्यतीत गर्ने हो त्यो आºनै हातमा छ । तपाईंको भाग्य–दुर्भाग्य, आयु, पूर्णायु, अमरत्व र मृत्यु, पूर्णता–अपूर्णता सबथोक तपाईंको हातमा छ । यद्यपि यसको आधार भनेको एकनिष्ठता नै हो । एकनिष्ठता भनेको एकचित्त भएर हरक्षणमाथि तीरजस्तै अचुक रहनु हो । जो तीरजस्तै चल्छ, उसैले जीवनमा सर्वोच्चता प्राप्त गर्दछ, उसैले संसार देख्छ । जसले संसार देख्छ उसको जीवन धन्य हुन्छ । र, तपाईंका पूर्वज जो स्वर्गमा छन् उनीहरूले पनि धन्य अनुभव गर्नेछन्– हाम्रो कुलमा कोही यस्तो व्यक्तित्व पैदा भए जो सर्वत्र विख्यात छन्, उनको आवाजमा लाखौँ व्यक्ति जम्मा हुन्छन्, लाखौँ व्यक्ति नाच्न थाल्छन्, झुम्न थाल्छन् ।
श्वेतश्वेतारोपनिषद् महत्त्वपूर्ण उपनिषद् हो । यस उपनिषद्मा ऋषिले आºनो सारा ज्ञानलाई बाँधेर राखिदिएका छन् । ऋषिले भनेका छन्– मानिस बुझेर पनि नबुझेजस्तो गर्छ, बुझ पचाएर बस्छ । किनभने अनजान बनिरहनु उसको प्रवृत्ति हो । अनजान ऊ यसकारण बन्न चाहन्छ कि यसैमा ऊ आफूलाई सुरक्षित ठान्दछ । ऊ भन्छ– मलाई यसको ज्ञान छैन, किनभने यसमा कुनै लाभ छैन ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया