सन्नी पुन: ‘ब्लु फिल्म’मा

भारतीय मूलकी क्यानेडाली अभिनेत्री सन्नी लियोनले ‘जिस्म–२’ बाट बलिउडमा प्रवेश गरेकी छन् । ‘पोर्न इन्डस्ट्री’ मा नाम कमाएकी सन्नी बलिउडमा प्रवेश गरेपछि यतै रमाउने धेरैको अनुमान थियो । ‘पोर्न फिल्ममा अब फर्किनुहुन्छ कि हुन्न ?’ भन्ने प्रश्नको उत्तरमा उनले ‘पछिको कुरा पछि नै थाहा हुन्छ’ भनेर पन्छाउने गरेकी थिइन् । तर, जिस्म–२ को छायांकन सकिनेबित्तिकै सन्नीले पुन: ब्लु फिल्ममा अभिनय गरेकी छन् । आफ्नो वेबसाइटमा राख्न उनले नयाँ ब्लु फिल्ममा अभिनय गरेकी हुन् ।
जिस्म–२ का निर्माता डिनो मोरियाले पनि सन्नी यति चाँडै पोर्न इन्डस्ट्रीमा फर्किन्छिन् भन्ने सोचेका थिएनन् होला । त्यसैले संवाददाताले सन्नीलाई उनको पोर्न करिअरबारे सोध्दा ‘यस्तो प्रश्न गरेर सन्नीलाई तनाब नदेऊ’ भनी डिनो आपत्ति जनाउँथे । तर, आफ्नो वेबसाइटमा सन्नीले नयाँ ब्लु फिल्म अप्लोड गरेपछि यसबाट डिनो निराश भएको अनुमान गरिएको छ । यद्यपि, सन्नीको ब्लु फिल्म हेर्ने आदत भएकाहरू भने यसबाट उत्साही भएका छन् । (एजेन्सी)

प्रतिक्रिया