शिक्षक बन्ने पढाइ


सहर सिँगारिएको छ कलेजको फेसनले । विद्यार्थीले लगाउने छोटा स्कर्ट, कलेजको अग्लो भवन हुँदै पढाइका विषयसम्ममा फेसनको ‘टच’ छ । यही चल्तीको फेसनलाई जतिसक्दो आºनो पक्षमा तान्ने प्रयासमा देखिन्छन् कलेजहरू । त्यसैले त पछिल्लो समयमा कतिपय विषय पनि फेसनेबल बनेका छन्, विद्यार्थीमाझ । तीनै विषय र संकायहरूका बीच छुट्टै अस्तित्व राखेर बसेको छ, शिक्षाशास्त्र संकाय । अन्य संकायहरूको जस्तो ‘स्कोप’ व्यापक मानिँदैन यसको । शिक्षाशास्त्र पढ्ने विद्यार्थीको मिसन एउटै हो– शिक्षक बन्नु, विद्यार्थीलाई पढाउनु ।
ग्रामीण भेगका कलेज र प्लसटुमा प्राय: पढाइने संकाय हो यो । सहरमा चाहिँ केही सीमित कलेजले मात्र यसलाई भाउ दिएका छन् । तैपनि गाउँगाउँका विद्यार्थी सकेसम्म सहरकै कलेज धाउँछन् । गाउँदेखि शिक्षक बन्ने सपना बुन्दै सहर आउने विद्यार्थीका आ–आºनै तर्क छन् । आ–आºनै योजना छन् । गणेशमान सिंह बहुमुखी क्याम्पस, कलंकीमा स्नातक तेस्रो वर्षमा शिक्षाशास्त्र पढ्दै गरेका २२ वर्षीय झलक देवकोटाको स्थायी घर जुम्ला हो । तर, ‘मास्टर’ बन्ने चाहनालाई मूर्तरूप दिन सहर नै उचित गन्तव्य ठाने उनले । ‘जुम्लामा पनि एजुकेसन पढाइ हुन्छ तर त्यहाँ मेजर इंग्लिस पढाइ नहुने भएकाले यहाँसम्म आएको हुँ’, उनले सुनाए । सोही क्याम्पसका २३ वर्षीय छात्र सन्तोष पाण्डे पनि सल्यानदेखि शिक्षाशास्त्र पढ्नै सहर छिरेका हुन् । प्लसटु कमर्सबाट भए पनि ब्याचलरचैँ शिक्षाशास्त्रतिरबाट बढाएछन् उनले । भन्छन्, ‘बिबिए पढ्न महँगो भएपछि यो संकाय रोजेँ, पछुतो पनि छैन ।’
स्युचाटारकी २२ वर्षीया सपना कुँवर पनि शिक्षाशास्त्रकी छात्रा हुन् । उनले चाहिँ यसमार्फत विद्यालय निरीक्षकमा नाम निकाल्ने सपना पालेकी रहिछन् । भन्छिन्, ‘त्यसको तयारी गर्नेछु ।’ पोखराका २४ वर्षीय अर्जिव श्रेष्ठ फौजीमा जागिर खाएर पनि यो संकायमा रमाइरहेका छन् । उनको अब शिक्षक बन्ने सपना त छैन तर विषयगत डिग्री हासिल गर्न भने आतुर छन् । मोरङकी २३ वर्षीया रोजिना राउत सहरबाट डिग्री हासिल गरेर गाउँ जाने इच्छा राख्छिन् । ‘शिक्षण एक सम्मानित पेसा पनि हो, गाउँ गएर शिक्षक बन्ने चाहना छ,’ उनको भनाइ । रोजिनाजस्तै धादिङकी २१ वर्षीया रजनी खड्का पनि गाउँ जान चाहन्छिन् । भन्छिन्, ‘गाउँमा गएर बिकिन्छ जस्तो लाग्छ ।’
अरू विषय पढेकाले पनि विद्यार्थीलाई नपढाउने होइनन् तर तर शिक्षाशास्त्र संकाय नै पढेर आएकाले जस्तो पढाउन नसक्ने दाबी गर्छन् यी विद्यार्थी । एउटै संकायमा पनि अनेक खालका विषय पढ्नुपर्ने, अझ विद्यार्थीको मनोविज्ञान बुझ्ने विषय पढ्नुपर्ने भएकाले यो संकायमार्फत उत्पन्न शिक्षक प्रभावकारी हुने उनीहरूको धारणा छ । ‘भोलि गएर कक्षाकोठामा पढाउने शैली नै फरक हुन्छ नि,’ अर्जिवले आत्मविश्वास देखाए । शिक्षक बन्न चाहिने अध्यापन अनुमतिपत्र
(लाइसेन्स) पनि बनाइसकेका छन् केही विद्यार्थीले । यस हिसाबले पनि उनीहरू कहिले क्लास सकेर डिग्री हात लाग्छ र पढाउन पाइन्छ भनेर कुरेर बसेका छन् ।
भविष्यमा आफैँ शिक्षण पेसामा होमिनुपर्ने भएकाले विद्यार्थी भएर कक्षाकोठामा बस्दा पनि उनीहरू शिक्षकको मनोविज्ञान बुझ्छन् रे । आम संकायभन्दा असल ठहर्‍याउँछन् आफूलाई । ‘अरू ºयाकल्टीका स्टुडेन्ट त कस्तो हाउडेजस्तो लाग्छ,’ सपनाले भनिन् । आफूहरूलाई जिम्मेवार रूपमा प्रस्तुत गराउँछन् रे उनीहरू । ‘विद्यार्थी हुँदा नै टिचर हुँ भन्ने फिलिङ्स आउँछ,’ अर्जिवले भने । कलेजमा पनि गम्भीर व्यवहार देखाउँछन् । ‘हामी सबै मिलेरै बस्छौँ,’ रजनीको आवाज थियो । अनि क्लासभित्र लभचक्कर नि ? प्रश्न सोधियो । ‘त्यस्तो ब्वाइफ्रेन्ड, गर्ल फ्रेन्ड छैनन् क्लासभित्र, अँ ब्वाइफ्रेन्ड हुनेहरू केटासँग नै बोल्दैनन्,’ रोजिनाले हाँस्दै भनिन् ।
आºनो कलेजमा टियु टपरहरूले पढाएकामा मख्ख छन् यी विद्यार्थी । कलेजलाई ‘फेमिलियर’ मान्छन् । यद्यपि, आºनो भविष्यचैँ ‘सस्पेन्स’ जस्तै रहेको उनीहरूको बुझाइ छ । एउटा रिजल्ट आउन पनि एक वर्षभन्दा बढी कुर्नपर्ने अवस्थाप्रति दिक्क छन् । आफूले पढेको संकायप्रति उनीहरू गर्व पनि गर्छन् । अरूलाई शिक्षा दिन ‘टेक्निक’ सिकाउने संकायलाई व्यवस्थित बनाउनुपर्ने र हालको अस्तव्यस्त शैक्षिक संरचना बदल्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया