नेकपा–माओवादीका चुनौती

नेपालका राजनीतिक आन्दोलनमध्ये वामपन्थी आन्दोलन सबैभन्दा लोकप्रिय आन्दोलन रहेको तथ्यलाई २००७ सालको दशकबाटै पुष्टि भएको थियो । उक्त दशकमा नेपाल कम्युनिस्ट पार्टी भर्खर मात्र जन्मिएको थियो । तर, त्यही विन्दुबाट पार्टीले नेपालको राजनीतिमा धक्का दिन सुरु गरिहाल्यो । अल्प समयमै पार्टीलाई जनजनले चिन्न थाले । तिनताकाको नं. १ पार्टी नेपाली कांग्रेसलाई आमरूपमा ‘भारतीय दलाल’ पार्टी मानिने सन्दर्भमा कम्युनिस्ट पार्टीको उक्त भूमिका धेरै नेपालीको चित्त बुझाउने ठाउँ पनि बन्न पुगेको थियो । वर्तमान अवस्था दु:खको कुरा अब पासा पल्टिएको छ । ०४७ सालको दशकमा देशभक्ति र ‘दिल्ली सम्झौता धोका हो’ को नारा उठाउने कम्युनिस्ट पार्टी अब आफैँ दोस्रो दिल्ली सम्झौता गर्ने ठाउँमा आइपुगेको छ । २००७ कै जस्तो नेताहरू दिल्ली होइन भने काठमाडौंस्थित भारतीय राजदूतावासलाई आºनो मामाघरजस्तो ठान्न थालेका छन् । यहाँको राजनीतिमा उसको निर्णायक मन्त्रणा हुने र देशका मन्त्री–सांसद्–नेताहरू खुल्लमखुला ‘म भारतको एजेन्ट हुँ’ भन्ने र सरकारले त्यसलाई देशको मन्त्रीसरह मर्यादा र सुविधाहरू उपलब्ध गराउने स्थिति उत्पन्न भएकामा त्यसका मतियार कम्युनिस्ट सरकार होइन भने कम्युनिस्ट पार्टीहरू बन्न आएका छन् । बिप्पा र अपराधी सुपुर्दगी सन्धिले नपुगेर अब अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मेवारी भारतलाई सुम्पने आन्तरिक सहमति भइसकेको बताइँदैछ ।
आखिर नेपाली कम्युनिस्टमा यो विचलनकारी प्रवृत्तिको कारण के हो र यसको पछाडि कुन तत्त्वले काम गर्छ यो नै अहिलेको मूलभूत प्रश्न बनेको छ । यस पंक्तिकारको विचारमा पार्टीभित्रको विभाजन आन्दोलनलाई विभिन्ड्याउने एउटा गतिलो कारण बन्ने गरेको छ । हिजो दरबारले पार्टीभित्र आºनो एजेन्ट घुसाई पार्टी र आन्दोलनमा तोडफोड ल्याउँथ्यो भने आज त्यो ठाउँ विदेशी शक्तिले लिएको देखिन्छ । पछिल्लोपटक यसको गम्भीर दुष्परिणाम तत्कालीन एमाओवादीको विभाजनका रूपमा प्रकट भइरहेको अवस्था छ । आखिर किन फुट्यो त माओवादी र विभाजनपछि त्यो माओवादी के हुन्छ ? आमरूपमा नेपाल कम्युनिस्ट आन्दोलन वास्तविक वर्गबाट उठेको वर्गीय आन्दोलनभन्दा पनि एउटा वाममार्गी बौद्धिक आन्दोलन मात्र रहँदै आएको छ । जहाँ जहिल्यै पनि टाठाबाठा र पढे लेखेका ठालुहरू आ–आºनो मध्यमवर्गीय महत्त्वाकांक्षासहित पार्टीमा आबद्ध हुन्छन् अनि आºनो उल्लु साँधिसकेपछि त्यहाँबाट कुलेलम ठोक्छन् । कदाचित् त्यस्तो नहुने भएपछि पार्टी नै तोडेर अलग समूह बनाई सोही ट्ेरडमार्कको बजारद्वारा आºनो आजीविका चलाउँछन् । नेपाली कम्युनिस्ट आन्दोलनभित्रको विभाजन, विघटन र विचलनकारी प्रवृत्तिको मुख्य कारण यही हो । पहिलोपटक तत्कालीन एमाओवादीभित्रका त्यस्ता तत्त्वहरूले बाबुरामलाई प्रधानमन्त्री बनाउने नाममा गरेको अभ्यास त्यस्तो आचरणको एउटा कुरूप तथा भद्दा नमुना हो । हिजो सोभियत धु्रव र चिनियाँ धु्रवको युगमा विश्वकै कम्युनिस्टहरू ठाडो रूपमा रूसपन्थी र चीनपन्थीमा विभाजित थिए । त्यसभित्र पनि उपयुक्त मध्यमवर्गीय चरित्रको दुष्प्रभावको थप उपविभाजन अवश्य पनि थियो तर मूलप्रवृत्तिचाहिँ यही ‘रूसपन्थ’ र ‘चीनपन्थ’ नै थियो तर आज विश्व कम्युनिस्ट आन्दोलनको यो ध्रुव विद्यमान रहेन । फलस्वरूप विश्वभरका कम्युनिस्टहरू या त दर्घदिशा लागिसके, होइन भने त्यसभित्रको टुटफुटको अनन्त शृंखलासम्म बढेर गएको छ । यहाँ कुनै दिन यस्तो छैन जब कुनै न कुनै ढंगले देशको कम्युनिस्ट आन्दोलन टुटेको–फुटेको वा चर्किएको समाचार पढ्न नपाइयोस् ।
विश्व कम्युनिस्ट आन्दोलन, यहाँसम्म कि पेरुको सशस्त्र आन्दोलनसमेत ओरालो लागिरहेको बेला नेपालमा माओवादीले जनयुद्धको अभ्यास थालेका थिए । विश्व कम्युनिस्ट आन्दोलन तेलंगना, इन्डोनेसिया, चिली र फिलिपिन्सजस्ता मुलुकका चरम विफलतावादी आन्दोलन व्यहोरिसकेको पृष्ठभूमिमा नेपाली माओवादीहरू ‘जनयुद्ध’ को कुरा गर्दै थिए । सिंगो विश्व कम्युनिस्ट आन्दोलन चरम प्रतिरक्षाको स्थितिमा थियो तर साँँँँच्चैनै माओवादीले विश्व क्रान्तिमा एउटा नयाँ उदाहरण प्रस्तुत गरे । डोल्पा–रोल्पामा आधार इलाका मात्र बनेन, शाही सेनासम्म पराजयको दोसाँधमा उभिन आयो । नेपाल प्रहरीको त गाउँ गाउँबाट पलायन नै भयो । देशको सत्ता सदरमुकाममा मात्र सीमित भयो । बाध्य भई संसद्वादी माओवादीसँग सहकार्य गर्न सहमत भएपछि नेपाली राजनीति हालको चरणसम्म आइपुगेको छ । यसको सबैभन्दा ठूलो दु:खान्त के भने माओवादीको मूल नेतृत्वलाई जुन राजनीति र शक्तिले सत्ताको माथिल्लो तहमा पुर्‍याइदियो त्यसले त्यही राजनीतिलाई परित्याग गर्नाले नै आजको स्थिति उत्पन्न भएको हो । भारतीय लेखक आनन्दस्वरुप बर्माले– हामीसँग तेलंगनाको अनुभव पनि छ, जहाँ संसद्वादले क्रान्तिको मसाल निभाइदियो । अनि पेरुको अनुभव पनि छ, जहाँ नेतृत्वको देवत्वकरण र पार्टीको सैनिकीकरणले क्रान्तिलाई धेरैपछि धकेलिदियो । हामीसँग इन्डोनेसियाको उदाहरण पनि छ– जहाँ जनमुक्ति सेनालाई साँच्चै समाप्त पार्नुको पीडा भोग्नुपर्‍यो । अनि हामीसँग चिलीको दृष्टान्त पनि छ, जहाँ खाली जनआन्दोलनमाथि विश्वास गरियो भनी प्रकाशमा ल्याएको विचार प्रस्तुत सन्दर्भमा निकै सटिक लाग्छ र माओवादी नेतृत्वसँग प्रश्न गर्न मन लाग्छ–आखिर कहाँ छ त माओवादी जनयुद्धको मर्म र भविष्य ?
धेरै हदसम्म कस्तो लाग्छ भने उक्त प्रश्नको खोजी नै तत्कालीन एमाओवादीको विभाजनको मूलभूत कारण हो तर प्रश्न उठ्छ– के नवगठित माओवादीको नेतृत्व उक्त मर्म आत्मसात् गर्न सक्ने अवस्थामा छ त ? त्यसले क्रान्तिको झन्डालाई संस्थापन पक्षले जहाँ बिसाएको हो त्यहाँबाट अघि बढाउन सक्ला
त ? वास्तवमा यस नवगठित ‘ड्यास’ माओवादीको मूल चुनौती नै यही लाग्छ । किनभने आज विदेशी शक्तिले एमाओवादीको संस्थापन पक्षलाई जसरी देशका क्षेत्रीय शक्तिसँग लगनगाँठो कसिदिएको छ त्यो नै उक्त माओवादी के हो भन्ने प्रश्नको संक्षिप्त उत्तर बनेको छ । त्यसैले यस्तो पनि भनिँदै आएको छ– त्यो लमी नै यस्ता रिमोट कन्ट्रोलर हो जसले एमाओवादीलाई विभाजनमा जान विवश पार्‍यो ।
इतिहासले उभ्याएको चुनौतीबाहेक ‘किरण विचार समूह’ का नवगठित पार्टी परिचालक सन्दर्भसमेत प्रशस्त चुनौतीहरू देखिन्छन् । त्यसको पहिलो त राजनीतिक कार्यदिशा कै प्रश्न छ । त्यसपछि क्रान्तिका कार्यनीतिक र राजनीतिक प्रश्नहरू आउँछन् । सँगसँगै संयुक्त मोर्चाको पनि प्रश्न छ । नवगठित पार्टीका हकमा त जनयुद्ध पनि नथाल्ने, आमसंघर्ष पनि अहिले होइन र पार्टी दर्ता पनि गरिनहाल्नेजस्ता विरोधाभासी अभिव्यक्ति र नेतृत्व निर्माण सम्बन्धमा उठिरहेका प्राविधिक प्रश्नहरू नै पनि ‘पहिलो गाँसमा झिंगा’ जस्तो प्रतीत भएको छ । उता संस्थापन दक्षिणपन्थी संसद्वादी भाषमा डुब्दै गएको र जनयुद्धका मूल्य मान्यता परित्याग गरिसकेको’ जस्ता आरोप लगाउँदै पार्टी पुनर्गठनमा लागेको नयाँ माओवादी राष्ट्रपति निवासको चक्कर लाउँदै राष्ट्रिय सरकारको निर्माणतर्फ उत्सुक देखिनुजस्ता व्यवहार देखाउन थालेबाट कतै त्यो पार्टी पनि वामदेववाला माले त हुने होइन ? भन्ने प्रश्न उठ्न थालेको छ ।
नेपालमा कम्युनिस्ट आन्दोलन देशको सर्वाधिक लोकप्रिय आन्दोलनमा रहेको यथार्थलाई अनेकौँ तथ्यांकहरूले सिद्ध गर्छन् । गत संविधानसभाको लोकप्रियमध्ये ५६ प्रतिशत मतदाताले वामपन्थीको पक्षमा मतदान गरे भने विघटितसभाको झन्डै दुई प्रतिशत सभासद् वामपक्षधर थिए । दुर्भाग्य † वामपन्थमा रहेको मध्यमार्गीय प्रभुत्वले गर्दा यस आन्दोलनका उपलब्धि न देश र जनताको पक्षमा हुनसके न कम्युनिस्ट आन्दोलनले आºनो समग्र विगतमाथि ठोस समीक्षा नै गर्न सक्यो । सोमाथि अब सामरिक मूल्यांकन गर्नेसमय आइसकेको नमान्नु भनेको आन्दोलन नै समाप्ति र विघटनको दिशातर्फ लानु हो । यो तथ्यको स्विकारोक्ति गर्न नसक्नु जबरजस्ती र अराजक भिडन्तबाहेक अर्थोक हुन सक्ने छैन । नवगठित माओवादीले यसलाई आºनो प्रस्थान विन्दु बनाउन सक्दा उसको हकमा पनि राम्रो प्रस्थान विन्दु हुन सक्नेछ ।

प्रतिक्रिया