टुट्यो मित्रता

मुम्बई : बलिउड अभिनेत्री करिना कपुर र निर्मात्री एकता कपुरको मित्रतालाई बलिउडमा उदाहरणका रूपमा लिने गरिन्थ्यो । यही मित्रताको बलमा उनीहरू एकअर्कासँग काम गर्न निकै रुचाउँथे । आफूले सक्ने ठाउँमा एकअर्कालाई सिफारिस पनि गर्थे ।
तर, अहिले यी दुई सखी एकअर्कालाई देख्नसमेत नचाहने अवस्थामा पुगेका छन् । चलचित्र वन्स अपन अ टाइम इन मुम्बईको सिक्वेलले उनीहरूबीचको सम्बन्धमा पानी खन्याएको हो । एकताले निर्माण गर्न लागेको यो चलचित्रमा करिनाले अभिनय गर्ने पक्कापक्की भइसकेको थियो । तर, छायांकनमा जाने अन्तिम तयारी भइसकेपछि उनले यो चलचित्र छाडिदिइन्, स्क्रिप्ट पनि नहेरी । यसै कारण करिनासँग रिसले चुर भएकी एकताले अहिले अर्की नायिका सोनाक्षी सिन्हालाई उनको ठाउँमा अनुबन्धित गरेकी छन् ।
करिनाको व्यवहारले आफूलाई निकै दु:खी बनाएको उनले एजेन्सीलाई बताइन् । भनिन्, ‘अब उसँगै कहिल्यै काम गर्दिनँ ।’ एकता करण जौहरसँग मिलेर यो चलचित्रको तयारी गरिरहेकी छन् । इमरान हासमी नायक रहेको चलचित्रका निर्देशक छन्, अक्षय राय । (एजेन्सी)

प्रतिक्रिया