अध्यादेश बजेट अमान्यः कोइराला

काठमाडौं, १८ असार । कांग्रेस सभापति सुशील कोइरालाले कामचलाउ सरकारले अध्यादेशबाट ल्याउन पूर्ण बजेट स्वीकार्य नहुने बताएका छन् ।
‘कामचलाउ सरकारले न चुनाव गराउन सक्छ, न त पूर्ण बजेट ल्याउन सक्छ,’ उनले भने, ‘एकलौटी रुपमा अध्यादेशबाट बजेट ल्याउने कुरा मान्य हुँदैन ।’
तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीका अबसरमा कांग्रेसले आज काठमाडौं आयोजना गरेको बिचार गोष्ठीमा कोइरालाले गिरिजाबाबुले सुरु गरेको सहमति, सहकार्य र एकताको आधारमा मात्र मुलुकको वर्तमान राजनीतिक गतिरोधको अन्त्य हुने बताए ।
‘अहिलेको निकास राष्ट्रिय सहमतिको सरकार र त्यो सरकारको अग्रसरता संबिधान निर्माण गर्नुपर्छ,’ उनले भने ।
उनले एमाओवादी समेतलाई सहमतिमा ल्याएर मुलुकलाई निकास दिन गिरिजाबाबुले सुरु गरेको अभियानलाई सफल पार्न आफूले संवादको प्रक्रिया सुरु गरेको बताए ।
महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले राष्ट्रय सहमतिको बिकल्प नरहेको भन्दै कांग्रेसले निकासको रोडम्याप सहित आफूलाई जनताका समक्ष उपस्थित गराउने बताए ।
उनीहरुले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति र संविधानको यात्रालाई कांग्रेसले कुनै पनि हालतमा अलपत्र पर्न नदिने बताए ।
केन्द्रीय सदस्य नरहरि आचार्यले जनताको अधिकार स्थापित गर्ने लोकतन्त्रलाई सुदृढ गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया