‘सहकारीलाई पैसाको आवश्यकता छैन’

सहकारी आन्दोलनका अगुवा तथा सफल सहकारीकर्मीका रूपमा चिनिन्छन् माधव दुलाल । सहकारिताका माध्यमबाट देशको आर्थिक विकास गरी समृद्ध नेपाल निर्माण गर्नुपर्ने उनको तर्क छ । ललितपुरका सहकारीको छाता संगठन ललितपुर जिल्ला सहकारी संघको अध्यक्षजस्तो जिम्मेवार पदमा रही सहकारीको प्रवद्र्धन तथा विकासमा लागिपरेका छन् । प्रस्तुत छ जिल्लामा सञ्चालित सहकारी र अन्य विषयमा केन्द्रित रही सौर्यका काजी श्रेष्ठले गरेको कुराकानी :

जिल्लामा सञ्चालित सहकारीको वर्तमान अवस्था कस्तो छ ?
अन्य जिल्लामा सञ्चालित सहकारीको तुलनामा ललितपुरका अवस्था राम्रो छ । झन्डै नौ सय २० वटा प्रारम्भिक सहकारी संस्था स्थापना भइसकेका छन् । विषयगत जिल्ला संघ पनि खुलिसकेका छन् । वास्तवमा सहकारी मूल्य, मान्यता र आदर्शलाई व्यवहारमा उतार्ने सवालमा प्रयत्नशील छन् । यसको परिणामस्वरूप विषयगत सहकारीले उलेख्य प्रगति गर्न सफल भएका छन् । दुग्ध, कृषि, कफी, चिया, विद्युत् सहकारीले राम्राराम्रा काम गरेका छन् ।
ललितपुरको कफी नेपालकै उत्कृष्टमा पर्छ । ती उत्पादन विदेश निर्यात भई करोडौँ रकम नेपाल भित्र्याएका छन् । बचत परिचालनको हिसाबले ठूलो परिणाममा बचत परिचालन गरी आर्थिक तथा सामाजिक क्षेत्रमा टेवा पुर्‍याएका छन् ।
संघको अवस्थाबारे बताइदिनुस् न ?
संघको कारोबार गर्ने उद्देश्य त होइन । सहकारीको विकास र प्रवद्र्धन गर्ने काम गर्छ । हालसम्म तीन सय १९ प्रारम्भिक सहकारी संस्था आबद्ध भएका छन् । ती संस्थालाई सञ्चालनका निम्ति चाहिने शिक्षा, तालिम, गोष्ठी दिँदै आएका छाँै । लेखा व्यवस्थापन, कर्जा परिचालन, नेतृत्व विकास तालिम पनि प्रदान गर्छ ।
चालु आवमा ३७ वटा कार्यक्रम सञ्चालन गरेका छौँ । राष्ट्र बैँकबाट बोलाएर नै तालिम दिँदै आएका छौँ । संघबाट सात वटा सात किसिमका तालिम दिन्छौँ । नेपालै पहिलोपटक सहकारी सूचना केन्द्र पनि सञ्चालनमा ल्याएका छौँ । अन्तराष्ट्रिय सहकारी वर्षको सुरुआतकै दिन सञ्चालनमा ल्याएका हौँ । सहकारीको सम्पूर्ण गतिविधि समेट्ने प्रयासमा छौँ । आबद्ध संस्थाको सम्पूर्ण गतिविधि थाहा पाउने उद्देश्यले डाटा संकलन गरिरहेका छौँ । हालसम्म उक सय २० वटाको सकिएको छ, जसले सहकारीमा देखिएका समस्या र समाधानको उपाय खोज्ने छौँ । संघको आºनै भवन रहेको छ । एउटा सहकारी भवन निमार्ण गर्ने सोचमा रहेका छौँ ।
सहकारी वर्ष कसरी मनाइादै छ ?
आमसहकारीको आºनै वर्ष भएको र जिम्मेवार निकाय भएकाले नयाँ ढंगबाट मनाउने घोषणा गर्‍यौँ । यसका लागि १५ वटा कार्यक्रम घोषणा गरेका थियौँ । केही सञ्चालन भएका छन् त केही बाँकी रहेका छन् । सहकारी वर्षमै सहकारी पुस्तकालय सञ्चालन गरेका छौँ । यो नेपालमा सहकारी इतिहासमा पहिलो र एक मात्र पुस्तकालय हो । सहकारी वर्ष मनाउने क्रममा नेपालकै पहिलो सहकारी बखवानपुर ऋण सहकारीका संस्थापक सदस्यहरूमध्ये चारजना जीवित संस्थापकलाई सम्मान गर्‍यौँ । अन्य कार्यक्रममा सहकारी डकुमेन्ट्री बनाउने क्रममा छौँ । वृक्षारोपण, चित्रकला, वक्तृत्वकला, म्याराथुन कार्यक्रम गर्ने तय गरेका छौँ ।
सहकारी लक्षित वर्गसम्म किन पुग्न नसकेको होला ?
सहकारीको लक्षित वर्ग भनेको ग्रामीण क्षेत्र हो । जबसम्म सहकारी ग्रामीणमुखी र उत्पादन मुखी हुन सक्दैँन तबसम्म वास्तवमा सहकारीले जनस्तरमा दिने सेवा दिन सक्दैन । गरिब, किसान, निमुखा, दूरदराजका जनता, प्रविधिले पछि पारेको समुदाय वा जनतामा सहकारी जानु आवश्यक छ । सहकारी सहरमा बढी खुलेका छन् । ग्रामीण क्षेत्रमा नगएको पनि होइन तर आवश्यक जति छैनन् । त्यसैले यस सहकारी वर्षभित्रमा गाउँगाउँ सहकारी पुग्नुपर्छ । अनि मात्र सहकारी वर्ष सफल हुनेमा मैले आशा लिएको छु । जुन ठाउँमा सम्भाव्यताका आधारमा व्यवसाय गर्न सकिन्छ त्यो ठाउँमा सहकारी पुग्यो कि पुगेन त्यतातिर सहकारीकर्मीहरूको पनि ध्यान पुग्न सकेको छैन । राज्यको पनि ध्यान पुगेको छैन ।
कृषि क्षेत्रको विकासमा सहकारीको भूमिका के रहन्छ ?
सहकारीमार्फत उत्पादन र वितरणसम्ममा काम सहज रूपमा गर्न सक्छ । केही सहकारी उत्पादनको विषयमा लागेका र लाग्ने क्रममा छन् । उत्पादन मात्र नभई प्रशोधनमा पनि सहकारी आवश्यक महशुस भएको छ । कृषि उत्पादन तथा वितरण प्रणाली सहकारीबाट जबसम्म गर्न सकिँदैन, तबसम्म कृषि क्षेत्रको विकास हुँदैन । सहकारीबाट उत्पादन भएको उपजले बजार राम्रै पाएका छन् । सोहीअनुरूप प्रतिफल पनि सदस्यहरूले पाएका छन् ।
सरकारसाग तपाईंहरूको के माग छ ?
सहकारी एउटा स्वयंमा सदस्यद्वारा सदस्यले नै नियन्त्रण गर्ने प्रणाली हो । निश्चित मापदण्ड, गन्तव्य र अनुगमन गर्ने निकाय आवश्यककै पर्छ । सहकारी मन्त्रालय गठन भएपछि आºनो औचित्य सिद्ध गर्नका निम्ति सहकारीलाई सही तरिकाले सञ्चानल गर्नुपर्छ । सहकारीलाई पैसाको आवश्यकता छैन, प्रविधि सम्पन्न बनाउनुपर्छ । सहकारी कसरी सञ्चालन गर्ने, यसले कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा तालिमलगायतका कार्यक्रम राज्यले प्रदान गर्नु आजको आवश्यकता हो ।
हाल ३५ लाख जनता सहकारीमा आबद्ध भएका छन् । उनीहरूलाई कसरी उत्पादनशील क्षेत्रमा प्रोत्साहित गर्न सकिन्छ, त्यसतर्फ सोच्नुपर्छ । सहकारीले सहकारीमार्फत कुनै व्यवसाय गर्न खोजिराखेको छ भने त्यसको भौतिक निर्माण सवालमा सरकारको मद्दत आवश्यक पर्छ ।
सहकारीको विकासक्रम र अबको बाटो के रहन्छ ?
०४८ भन्दाअघिको सहकारी गति राज्यबाट नियन्त्रित तथा निर्देशित थियो, जसमा आमजनताको प्रत्यक्ष सहभािगता थिएन । त्यो बेलामा आशातीत प्रगति गर्न सकेन । त्यसपछि हालको अवस्थामा सहकारी संख्या ह्वात्तै वृद्धि भयो । एकतिर वृद्धि भयो भने अर्कातिर गुणात्मक भएको छैन । जहाँ जनघनत्व बढी छ त्यहाँ बढी हुनु स्वाभाविक हो । कति उचित हो त्यो बहसको पाटो बन्न सक्छ ।
शिक्षा, सूचनाले गर्दा अब बिस्तारै सहकारी गुणात्मकतिर जाने सम्भावना देखेको छु । त्यसका निमित्त सहकारी मन्त्रालय, राष्ट्रिय संघ, जिल्ला संघको भूमिका महत्त्वपूर्ण हुन्छ । जबसम्म सहकारी अभियानले हाम्रो भूमिका यो हो, यो बाटो सहकारी लानुपर्छ भन्दैन तबसम्म सहकारीलाई यसरी जाउँm भन्न सक्दैन । सहकारीको गुण, सेवामा विस्तार गर्ने र भएका कमीकमजोरीलाई न्यूनीकरण गर्नुपर्छ । सम्भाव्य भएका संस्था मर्ज हुनुपर्छ ।
गुणात्मक विकास कसरी गर्न सकिन्छ ?
सबैभन्दा पहिले संस्था सञ्चालक, सदस्यहरूलाई तथा सहकारीसँग प्रत्यक्ष सरोकार राख्ने निकायलाई शिक्षा र तालिम जरुर हुन्छ । सहकारीले यस्तोखालको काम गर्छ र यसमा बसेपछि कर्तव्य उत्तरदायित्व र अधिकार यो भन्नेबारेमा बुझाउन सकियो भने लामो समयसम्म आर्थिक विकास गर्न कुर्नु पर्दैन । प्रत्येक सहकारीका सदस्यले सहकारीका बारेमा राम्ररी बुझेको हुनुपर्छ । अन्यथा सहकारीमा बस्नुको औचित्य छैन र सहकारीले विकास गर्न सक्दैन ।
सहकारीमा राजनीति घुस्यो भनिन्छ नि ?
जहाँ मानिस बढी हुन्छ, त्यहाँ राजनीति हुन्छ । पछिल्लो समयमा सहकारीको केन्द्रीय निकायमा राजनीति भएको । दलीय आधारमा पद बाँडफाँड गरेको तीतो अनुभव छ । सहकारीमा सहकारीकर्मी र सहकारीकै हकहितमा रहेका मानिसलाई चयन गरी आउनुपर्नेमा यस्तो हुनु दुर्भाग्य हो । स्वाभाविक रूपमा जुन क्षेत्र केन्द्रदेखि ग्रामीणसम्म संरचना छ, यो संजालमार्फत अघि बढ्नु ठूलो कुरो होइन । यसमा हामीले ध्यान दिनुपर्छ । आर्थिक क्रियाकलाप, व्यवसाय गर्ने संस्था भएकाले कुनैबेला दुर्घटना हुन सक्छ ।
अबको सहकारीको भविष्य कता जाला ?
किसानदेखि ठूला ठूला व्यक्ति, लाङ्ले पसलेदेखि ठूला व्यापारीहरू पनि सहकारीमार्फत व्यवसाय गर्न चाहन्छन् । आत्तिइहाल्नु पर्ने विषय छैन । यसलाई बचाएर राख्न सकियो भने सहकारीमार्फत राज्यको भविष्य उज्वल छ । होइन भने यसलाई व्यवस्थित गर्न सकिएन भने पक्कै पनि राम्रो हुँदैन । सहकारीकर्मी र सरकारले यसबारेमा सोच्नुपर्छ ।

प्रतिक्रिया