निगमको ऋण मिनाह गर्ने तयारी

काठमाडौं, ५ असार । सरकारले नेपाल अयाल निगमलाई ऋणस्वरूप दिएको पाँच अर्ब रुपियाँ मिनाह गर्ने प्रक्रिया अगाडि बढाएको छ । पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्न भन्दै निगमलाई विभिन्न समयमा दिएको ऋणमध्ये भाखा नागेका ऋण मिनाह गर्ने प्रक्रियमा सरकार लागेको हो ।

विभिन्न समयमा पेट्रोलियम पदार्थ खरिद गर्न लिएको ऋण तिर्न सकिने अधार नभएका र लिएको ऋणको तिर्ने भाखा पनि नघेकाले ती ऋण मिनाहको प्रक्रियामा अघि बढेको वाणिज्य तथा अपूर्ति मन्त्रालयका सहप्रवक्ता दीपकराज पोण्डेले सोमबार सञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘सरकारसँग लिएको रकम निगमले तिर्न सक्ने अधार नभएको र निगम उल्टै घाटामा रहेकाले ऋण मिनाह गर्नुको विकल्प छैन ।
यसअघि पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट पेट्रोलियम पदार्थ खरिदका लागि सरकारसँग लिएको ऋण मिनाह गर्न पटकपटक आग्रह गर्दै आएको थियो । मन्त्रालयले ऋण मिनाह गर्न भन्दै सरकारसँग पेट्रोलियम पदार्थ खरिदकै लागि पुन: रकम माग पनि गर्दै आएको छ ।
अर्थमन्त्रालयका प्रवक्ता राजन खनालले भने निगमलाई दिएको ऋण मिनाहबारे अर्थमा कुनै छलफल नभएको बताए । ‘अर्थमा हाम्रो तहमा निगमलाई दिएको ऋण मिनाहबारे कुनै छलफल भएको छैन,’ प्रवक्ता खनालले भने, ‘माथिल्लो तहमा कुरा भएको भए मलाई जानकारी भएन ।’ सरकारले निगमलाई मात्र नभएर अन्य निकायलाई पनि ऋण दिएको जानकारी गराउँदै उनले भने, ‘निगमलाई दिएको ऋण मिनाह गर्ने हो भने, अन्य निकायलाई दिएको ऋण पनि मिनाह गर्नु पर्ने हुन्छ, त्यसैले निगमलाई दिएको रकम मिनाह गर्न सकिँदैन ।’
सरकारले पोट्रोलियम पदार्थ खरिद लागि आयाल निगमलाई अर्थमन्त्रालयबाट मात्रै १२ अर्बभन्दा बढी रकम ऋणस्वरूप दिइसकेको छ । सरकारको जमानतमा निगमले सञ्चय कोष, नेपाल दूरसञ्चार, नागरिक लगानी कोषलगायतका निकायबाट साढे दश अर्बभन्दा बढी रकम ऋणस्वरूप लिएको छ । निगमसँग २६ अर्ब ६२ करोड ऋण रहेको जानकारी गराउँदै सहप्रवक्ता पाण्डेले पेट्रोलियम पदार्थको हालको मूल्यअनुसार गत जुन १६ देखि निगमलाई मासिक ३८ करोड घाटा हुने बताए । उनले मासिक मागबमोजिम पेट्रोलियम पदार्थ तथा एलपी ग्यास खरिद गर्न पाँच अर्ब भारतीय रुपियाँ अवश्यक पर्ने जानकारी दिए । उनका अनुसार यसमध्ये केही रकम नेपाल सरकाबाट ऋणबापत प्राप्त भएकाले अहिले केही सहज देखिएको छ ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले आइओसीलाई एक अर्ब ७० करोड भारु तिर्न बाँकी रहेको बताए । रकम अभावले गर्दा क्षमताभन्दा कम मात्र आपूर्ति र भण्डारण गर्न बाध्य भएको ढुंगेल बताउँछन् । निगमको पेट्रोलियम भण्डारण क्षमता ७२ हजारकिलो लिटर छ । हाल दैनिक तीन हजार किलो लिटर पेट्रोलियम खपत भइरहेको छ । निगमले सरदर मासिक एक सय १५ हजार किलो लिटर पेट्रोलियम आयत गर्ने गरेको छ ।
प्रतिमहिना माग बढ्दै गए पनि अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गरेको पेट्रोलियम र एलपी ग्यास घाटा खाएर बिक्री गर्नुपर्दा मासिक घाटा बढ्दै गएको निगम प्रवक्ता ढुंगेलल बताउँछन् । मे १ को नयाँ मूल्य सूचीअनुसार मासिक घाटा एक अर्ब १४ करोड ४७ लाख रहेको उनले बताए । अघिल्लो महिना निगमको मासिक घाटा एक अर्ब ५६ करोड रुपियाँ पुगेको थियो । यस्तै अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ९८ रुपियाँ ३४ पैसा र डिजेलमा प्रतिलिटर १० रुपियाँ ६० पैसा घाटा छ । अघिल्लो महिना एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय दुई रुपियाँ र डिजलमा प्रतिलिटर १२ रुपियाँ ४८ पैसा घाटा रहेको निगमको दाबी छ ।

प्रतिक्रिया