प्रमुख राजनीतिक शक्तिबीच व्यावहारिक सहमतिको खाँचो


सहमति नभए दुर्घटना

बोर्णबहादुर कार्की
अधिवक्ता
तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सहमतिबाट राजनीतिक यात्रा सुरु भएको थियो । जुन संविधानसभा निर्वाचनसम्म पनि यथावत् नै थियो । ती दलहरूबीच भएको सहमतिको भावना र मर्म नबुझ्दा आज संविधानसभाको विघटन भयो । परिणामस्वरूप अहिले मुलुकमा राजनीतिक र संवैधानिक संकट आएको छ । यसको समयमै समाधान नभए मुलुक नै दुर्घटनामा पर्न सक्छ । प्रमुख दलले आºना दलगत स्वार्थ र एजेन्डा छाडेर राष्ट्रिय हितका सवालमा एकजुट हुनुपर्छ । अहिले सबैभन्दा ठूलो दल माओवादी सरकारमा रहेकाले सहमतिका लागि पहल पनि उसले नै गर्नुपर्छ । सहमति भएन भने लामो समयसम्म मुलुकको राजनीति यही अवस्थामा रहन सक्दैन र नयाँ ‘कोर्स’ मा जान्छ, जुन अहिले नै भन्न सकिँदैन । तसर्थ, राजनीतिक आरोपप्रत्यारोपको राजनीति छाडेर व्यावहारिक रूपमा सहमतिका लागि अगाडि बढ्नुपर्छ ।
व्यवहारमा सहमति
प्रेमबहादुर खड्का
अध्यक्ष
नेपाल बार एसोसिएसन
अहिले राजनीतिक दलहरू एकआपसमा आरोपप्रत्यारोप लगाउँदै हिँडिरहेका छन् । आºना गल्तीहरू पनि अर्काको थाप्लामा हाल्ने र आफू आºना दोषबाट उम्किन खोजेका छन् । सधैँभरि जनतालाई झुटा आश्वासन दिएर आºनो कर्तव्य पूरा गर्नबाट पछाडि हटिरहेको पाइन्छ । आºना गल्ती, कमीकमजोरी लुकाउँदै जनताको आँखामा छारो हाल्ने काम भइरहेको छ । अहिले मुलुकमा देखापरेको राजनीतिक तथा संवैधानिक संकट समाधानका लागि सबै राजनीतिक दलले वार्ता, छलफल र संवादका माध्यमबाट सहमति गर्नैपर्छ । जतिसक्दो चाँडो मुलुकलाई राजनीतिक रूपमा निकास दिनुपर्छ । यसका लागि सर्वप्रथम अहिलेको कामचलाउ सरकारले पहलकदमी गर्नुपर्छ । भाषण गरेर मात्रै सहमति हुँदैन यसका लागि त व्यवहारमै सहमतिको खाँचो पर्छ । राजनीतिक नेतृत्वले समयको अवश्यकता बुझेर सुझबुझपूर्ण तबरबाट मुलुकलाई चाँडो निकास दिनुपर्छ ।

 

प्रतिक्रिया