विषालु च्याउले चेपाङ परिवार बिरामी

चितवन, ३२ जेठ । जंगलबाट ल्याएको विषालु च्याउ पकाएर खाँदा चितवनको कविलास–७ मा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।
स्थानीय जैसान जंगलबाट च्याउ टिपेर ल्याई आज बिहान खाएका चेपाङ परिवारका पाँच जना बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार च्याउ खाएर बिरामी हुनेमा ३५ वर्षका वुद्धिबहादुर चेपाङ, ३६ वर्षकी सोमती चेपाङ, १३ वर्षीय अर्जुन चेपाङ, ९ वर्षका मानबहादुर चेपाङ र ६ वर्षका सन्तकुमार चेपाङ रहेका छन् ।
उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिरामीहरुको अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । चितवनमा तीन वर्ष अघि एकै परिवारका आठ जनाको जंगली विषालु च्याउका कारण ज्यान गएको थियो ।
खडेरी बढ्दै गएकोले उब्जनी नहुँदा चितवनका पहाडी गाविसका चेपाङहरुले जंगलबाट कन्दमुल खोजेर खाने गर्छन ।

प्रतिक्रिया