जिपबाट खसेर ज्यान गयो

इलाम, २१ जेठ । आफन्तको मलामी जाँदै गरेका नगरपालिका–३ का एक जनाको जिपबाट झरेर आज विहान ज्यान गएको छ ।
इलाम नगरपालिका–४, गोलाखर्कमा मलामी जादै गरेका बेला ५५ वर्षीय रामबहादुर राई जीपबाट झरेर घाईते भएका थिए । कुदिरहेको जिपबाट राजमार्गमै झरेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी इलामबाट विर्तामोडतर्फ गइरहेको ना १ ज १४८६ नम्बरको जिपको पछाडि झुण्डिएर माइखोलातर्फ जाँदै थिए । सौर्य

प्रतिक्रिया