जोली सडक पार्टीमा झुम्ने


सधै फिल्मी दुनियाँमा झुम्दै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई अब सडक पार्टीमा रमाइलो गरेको देख्न पाइने भएको छ । ‘डाइमन्ड जुब्ली स्ट्रिट पार्टी’ मनाउन उनी प्रेमी ब्राड पिटसँग जाने भएपछि उनीहरूका प्रशंसक उत्साहित बनेका छन् ।
बेलायतकी रानी एलिजाबेथको ६०औँ जन्मदिवसका अवसरमा शनिबार ‘स्ट्रिट पार्टी’ गरिने भएको हो । ‘पार्टीबारे जोली र पिट दुवैलाई थाहा छ । उनीहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको छ र कार्यक्रमप्रति उनीहरूले पनि रुचि देखाएका छन्,’ समाचारमा भनिएको छ । इंग्ल्यान्डमा पार्टी मनाउन आउँदा उनीहरूलाई भव्य स्वागत गर्ने तयारी भएको छ । कार्यक्रममा सहभागी हुन पाउने भएपछि उनीहरूका छोराछोरी पनि ज्यादै खुसी भएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया