२२ वर्षमा ६८७ मन्त्री

काठमाडौ, २० जेठ । प्रजातन्त्र पुन:स्थापनायताका २२ वर्षमा अधिकांश समय नेपाली राजनीति सत्ताको वरिपरि नै घुमिरह्यो । यस अवधिमा बनेका २० वटा सरकार केवल मन्त्री उत्पादन गर्ने कारखानाजस्ता बने । एकचोटि पनि मन्त्री नभएका नेता टर्च बालेर खोज्नुपर्ने बेला भएको छ ।

२०४७ देखि २०६९ सालसम्म चार सय २३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भए । ठूला पार्टीका शीर्ष तहमा रहेका अधिकांश नेता कम्तीमा एकपटक मन्त्री बनिसकेका छन् भने थुप्रै नेता पटकपटक दोहोरिएका छन् । एकैजना नेता आठपटकसम्म मन्त्री भएको रेकर्ड भेटिएको छ  ।
०४७ यता मन्त्री हुनेमा सबैभन्दा धेरै नेपाली कांग्रेसका छन् । कांग्रेसबाट मात्र दुई सयभन्दा बढी नेता मन्त्री भएको देखिन्छ । त्यस्तै एमालेबाट ८६, राप्रपाबाट ४८, सद्भावनाबाट १७ र माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका छन् ।
प्रजातन्त्र पुन:स्थापना भएयता १० प्रधानमन्त्री र १५ उपप्रधानमन्त्री भए । कांग्रेसले मात्र दसवटा सरकारको नेतृत्व गर्‍यो । कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई दुईपटक, गिरिजाप्रसाद कोइराला पाँचपटक र शेरबहादुर देउवा तीनपटक प्रधानमन्त्री बनेका छन् । त्यस्तै एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल एक एक पटक प्रधानमन्त्रीको कुर्सीमा बसे । पञ्चायतकालमा पटकपटक प्रधानमन्त्री बनेका राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रजातन्त्र पुन:स्थापनायता पनि दुई दुईपटक सो पदमा रहे ।
माओवादीका पुष्पकमल दाहाल संविधानसभाको चुनावपछि प्रधानमन्त्री बने भने डा. बाबुराम भट्टराई हाल कामचलाउ प्रधानमन्त्रीको कुर्सीमा छन्  । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एकपटक मन्त्रिपरिषद्को अध्यक्षका रुपमा
जिम्मेवारी सम्हालेका थिए । मुलुकको शासनभार आफ्नो हातमा लिएका बेला उनले मन्त्रिपरिषद्को अध्यक्षता गरेका थिए भने कीर्तिनिधि विष्ट र डा. तुलसी गिरीलाई उपाध्यक्ष बनाइएको थियो ।

०४७ सालयताका कुनै पनि सरकारले पूरै अवधि काम गर्न सकेनन् । निरन्तर राजनीतिक अस्थिरताका कारण कुनै पनि सरकारले राम्रो काम गर्न नसकेको राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । ‘हनीमुन पनि राम्रोसँंग मनाउन नपाउँदै सरकारको दिनगन्ती सुरु हुन्छ,’ सुवेदीले भने, ‘त्यसैले सरकारको कामको राम्रो मूल्यांकन गर्ने अवस्थासमेत रहेन ।’ उनले २२ वर्षे अवधिमा बनेका सरकारले राम्रो काम गर्‍यो भनेर उदाहरण दिने ठाउँ पनि नभएको बताए ।
सबैभन्दा बढी प्रधानमन्त्री भएजस्तै धेरैपटक मन्त्री हुने नेता पनि कांग्रेसकै छन् । कांग्रेस नेता खुमबहादुर खड्का प्रजातन्त्र बहाली भएयता मात्र आठ पटक मन्त्री बने । त्यस्तै पहिले कांग्रेसबाटै मन्त्री भएका तर, यतिबेला फोरम(लोकतान्त्रिक)का अध्यक्ष बनेका विजयकुमार गच्छदार पनि खड्कालाई पच्छ्याउँदै आठै पटक मन्त्री बनेका छन् । उनी अहिले पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । नेपाली राजनीतिमा यी दुई नेता भ्रष्टाचारको मामिलामा पनि उत्तिकै विवादास्पद छन् । खड्का पछिल्लो समय मूलधारबाट ओझेल पर्न थालेपछि गच्छदार एकपछि अर्को सरकारमा मन्त्री पड्काइरहेका छन् ।
कांग्रेसका डा. रामशरण महत र महन्थ ठाकुर
(हाल तमलोपा अध्यक्ष) ६ पटक मन्त्री भए । यस्तै, प्रकाशमान सिंह, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी पाँच, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्री चारपटक मन्त्री बनेका छन् । यसैगरी कांग्रेसकै मार्शलजुलुम शाक्य, शेख इद्रिस, बलबहादुुर राई, चक्रप्रसाद बास्तोला, पूर्णबहादुर खड्का पनि चारपटक मन्त्री बन्नेमा पर्छन् । कांग्रेसबाट फोरम(लोकतान्त्रिक) गएका शरत्सिंह भण्डारी, गणतान्त्रिक(फोरम)मा गएका जयप्रकाशप्रसाद गुप्ता (भ्रष्टाचारको अभियोगमा हाल जेलमा) पनि चारपटक मन्त्री बनिसकेका छन् ।
०४७ सालमा भट्टराई नेतृत्वको सरकारबाट सत्ता राजनीतिमा प्रवेश गरेको एमाले त्यसयता १३ वटा सरकारमा सहभागी भएको छ  । एमालेको केन्द्रीय तहमा रहेका अधिकांश नेता मन्त्री बनेका छन् । ३९ सदस्यीय पोलिटब्युरो सदस्यमा महेन्द्रबहादुर पाण्डे, विष्णु रिमाल, पशुपति चौलागार्इं र प्रकाश ज्वालाबाहेक सबै नेता मन्त्री भइसकेका छन् । त्यस्तै एक सय १५ केन्द्रीय सदस्यमा पनि मन्त्री नभएका अनुहार कमै छन् । एमालेमा मन्त्री हुनेको संख्या ८६ छ । एमालेबाट भरतमोहन अधिकारी पाँच र सहाना प्रधान चारपटक मन्त्री बने । यसैगरी अमृतकुमार बोहोरा, राधाकृष्ण मैनाली (एमाले, माले, राजावादी हँुदै हाल एमाओवादीमा), भीम रावल मन्त्री बन्नेमा अगाडि छन् । उनीहरु तीन–तीन पटक मन्त्री बने ।
०६२/६३ को जनआन्दोलनपछि सत्ता राजनीतिको केन्द्रमा पुगेको माओवादीले पाँच वर्षको अवधिमा दुईवटा सरकारको नेतृत्व गर्‍यो । २८ चैत ०६४ संविधानसभा निर्वाचनपछि माओवादीका अध्यक्षसमेत रहेका दाहालले सरकारको नेतृत्व गरे । माओवादीबाट कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, मातृकाप्रसाद यादव, पम्फा भुसाल, हिसिला यमी, गोपाल किराँती, गिरिराजमणि पोखरेल, लेखराज भट्टलगायत दुई/दुई पटक मन्त्री बनेका छन् । डा. बाबुराम भट्टराई यसअघि अर्थमन्त्री थिए भने अहिले प्रधानमन्त्री छन््  ।
राजनीतिलाई समाज रुपान्तरणभन्दा पनि व्यवसायका रुपमा लिएकाले मन्त्रीहरुबाट देशका लागि खासै काम हुन नसकेको राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी बताउँछन् । पैसा र पहुँचका आधारमा मन्त्री, प्रधानमन्त्री बन्ने परिपाटीले पनि सरकारबाट जनहितमा काम हुन नसकेको देखिन्छ,’ उनले सौर्यसंँग भने, ‘पैसासँगै विदेशीको इसारामा सरकार बनाइने गरेकाले सरकार परिवर्तन भए पनि पात्र एउटै देखिएका हुन्् ।’
खाँटी राजतन्त्रवादीका रुपमा चिनिने राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि प्रजातन्त्र बहालीपछि पाँच पटक मन्त्री बने । त्यस्तै राप्रपाका डा. प्रकाशचन्द्र लोहनी(हाल राजपा) चार, पद्मसुन्दर लावती(हाल राप्रपा नेपाल), बालाराम घर्तीमगर, बुद्धिमान तामाङ, रामकृष्ण आचार्य, फत्तेसिंह थारु, रवीन्द्रनाथ शर्मा, सर्वेन्द्रनाथ शुक्ल (हाल तमलोपा) तीन पटक मन्त्री बनेका छन् । राप्रपाको केन्द्रीय तहमा रहेका अधिकांश नेता मन्त्री भएका छन् । राप्रपाका नेता दीपक बोहोराले भने, ‘पार्टीका धेरै नेता मन्त्री भएका छन्, तिनीहरुको नाम पनि याद छैन पार्टीलाई ।’ उनका अनुसार मन्त्री भएका धेरै नेताको मृत्युसमेत भइसकेको छ ।
नेपाल सद्भावना पार्टीबाट गजेन्द्रनारायण सिंह पाँच पटक मन्त्री भने राजेन्द्र महतो चार पटक । पछिल्लो समय मधेसी दलहरुको मन्त्री बन्ने क्रम ह्वात्तै बढेको छ । सत्ताको बार्गेनिङमा पोख्त मधेसी दलहरुले जुनसुकै सरकारमा पनि ठूलै हिस्सा ओगट्ने गरेका छन्  ।
६ वैशाख २०४७
प्रधानमन्त्री : कृष्णप्रसाद भट्टराई
मन्त्री : साहाना प्रधान, झलनाथ खनाल, केशरजंग रायमाझी, अच्युतराज रेग्मी, महेन्द्रनारायण निधि, योगप्रसाद उपाध्याय, मार्शलजुलुम शाक्य, नीलाम्बर आचार्य, देवेन्द्रराज पाण्डे र मथुराप्रसाद श्रेष्ठ
१५ जेठ २०४८
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
मन्त्री : वासुदेव रिसाल, ढुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, बलबहादुर राई, जगन्नाथ आचार्य, रामहरि जोशी, शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महेश्वरप्रसाद सिंह, गोविन्दराज जोशी, शेख इद्रिश
राज्यमन्त्री : डा. रामवरण यादव, महेश आचार्य, ऐश्वर्यलाल प्रधानांग, रामकृष्ण ताम्राकार, वीरमणि ढकाल, विजयकुमार गच्छदार, लक्ष्मणप्रसाद घिमिरे
सहायकमन्त्री : सिद्धराज ओझा, दीनबन्धु अर्याल, शिवराज जोशी, सुरेन्द्रप्रसाद चौधरी, हस्तबहादुर मल्ल, दिलेन्द्रप्रसाद बडु, दिवाकरमान शेरचन
१४ मंसिर २०५१
प्रधानमन्त्री : मनमोहन अधिकारी
उपप्रधानमन्त्री : माधवकुमार नेपाल
मन्त्री : केपी शर्मा ओली, सिपी मैनाली, भरतमोहन अधिकारी, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, पद्मरत्न तुलाधर
राज्यमन्त्री : अशोक राई, सलिममियाँ अन्सारी, प्रेमसिंह धामी, सुवासचन्द्र नेम्वाङ, भीमबहादुर रावल, हरिप्रसाद पाण्डेय
२७ भदौ २०५२
प्रधानमन्त्री : शेरबहादुर देउवा
मन्त्री : बलबहादुर राई, शेख इद्रिश, ढुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला, डा. रामशरण महत, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, भीमबहादुर तामाङ, लीला कोइराला, बलबहादुर केसी, विमलेन्द्र निधि, प्रकाशमान सिंह, नरहरि आचार्य, रामकृष्ण आचार्य, शरत्सिंह भण्डारी, पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी, बालाराम घर्ती मगर, बुद्धिमान तामाङ, फत्तेसिंह थारु, कमल थापा, गजेन्द्रनारायण सिंह, मोतीप्रसाद पहाडी, पद्मसुन्दर लावती
राज्यमन्त्री : शान्तिशम्शेर राणा, प्रेमबहादुर भण्डारी, महेन्द्र राय, राजीव पराजुली, चीनकाजी श्रेष्ठ, गोपालजीजंग शाह, हस्तबहादुर मल्ल, दीपक बास्कोटा, छविप्रसाद देवकोटा, पाल्तेन गुरुङ, अनिश अन्सारी, विष्णुविक्रम थापा, भक्तबहादुर रोकाय, शरत्सिंह भण्डारी,सर्वेन्द्रनाथ शुक्ल, खोभारी राय
सहायकमन्त्री : गणेशबहादुर खड्का, दुर्याेधन चौधरी, रामचन्द्र कुशवाह, सुरेशचन्द्रदास यादव, मीनबहादुर खत्री, मिर्जा दिलसाद वेग, ज्योतेन्द्रमोहन चौधरी, नरेशबहादुर सिंह
२९ फागुन २०५३
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द
उपप्रधानमन्त्री : वामदेव गौतम
मन्त्री : सहाना प्रधान, झलनाथ खनाल, अमृत बोहोरा, भरतमोहन अधिकारी, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, मुकुन्द न्यौपाने, अशोक राई, केशवप्रसाद बाडाल, विष्णुप्रसाद पौडेल, सलिममियाँ अन्सारी, भीमबहादुर कठायात, देवीप्रसाद ओझा, विद्यादेवी भण्डारी, रवीन्द्रनाथ शर्मा, प्रकाशचन्द्र लोहनी, कमल थापा, बुद्धिमान तामाङ, प्रेमबहादुर सिंह, रामकृष्ण आचार्य, गजेन्द्रनारायण सिंह, रामेश्वर राय, सर्वेन्दनाथ शुक्ल, बालाराम घर्ती मगर, डा. भरतकुमार प्रधान, रामेश्वर राय यादव, मिर्जा दिलसाद, मोती पहाडी
राज्यमन्त्री : रकम चेम्जोङ, तुलबहादुर गुरुङ, भोजराज जोशी, प्रेमबहादुर भण्डारी, राजीव पराजुली, महेन्द्र राय यादव, खोभारी राय, महेश चौधरी, पाल्तेन गुरुङ, नरेशबहादुर सिंह, ज्योतेन्द्रमान चौधरी
२१ साउन २०५४
प्रधानमन्त्री : सूर्यबहादुर थापा
मन्त्री : खुमबहादुर खड्का, विजय गच्छदार, प्रकाशमान सिंह, महन्थ ठाकुर, सिद्धराज ओझा, केबी गुरुङ, विपिन कोइराला, रवीन्द्रनाथ शर्मा, बालाराम घर्ती मगर, पशुपतिशम्शेर, प्रकाशचन्द्र लोहनी, फत्तेसिंह थारु, कमल थापा, बुद्धिमान तामाङ, रामकृष्ण आचार्य, सर्वेन्द्रनाथ शुक्ल, प्रेमबहादुर भण्डारी, राजीव पराजुली, रामविलास यादव, शान्तिशम्शेर राणा, महेन्द्र राय, मिर्जा दिलसाद वेग, शरत्सिंह भण्डारी, मोती पहाडी, पाल्तेन गुरुङ, नरेशबहादुर सिंह, गजेन्द्रनारायण सिंह, हृदयेश त्रिपाठी
राज्यमन्त्री : शिवराज सुवेदी, मीना पाण्डे, रेवतीप्रसाद भुसाल, मीना लामा, राजेन्द्रबहादुर शाह, महेन्द्र यादव, कमलेशकुमार शर्मा, रामबहादुर गुरुङ, राजकिशोर सिंह, जयप्रकाश गुप्ता, रामजनम चौधरी, सुरेन्द्र हमाल, मोहमद अफ्ताव आलम, सुशीलमान शेरचन, केशवबहादुर चन्द, विष्णुविक्रम थापा, भक्तबहादुर रोकाय, मिर्जा दिलसाद वेग, नरेशबहादुर सिंह, पद्मनारायण चौधरी
सहायकमन्त्री : रामजनम चौधरी, सुरेन्द्र हमाल, मोहमद अफ्ताव आलम, सुशीलमान शेरचन, केशवबहादुर चन्द
२ वैशाख २०५५
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
उपप्रधानमन्त्री : शैलजा आचार्य
मन्त्री : भरतमोहन अधिकारी, गजेन्द्रनारायण सिंह, रमेशनाथ पाण्डे, गोविन्दराज जोशी, अमृतकुमार बोहोरा, प्रदीप नेपाल, भीमबहादुर रावल, केबी गुरुङ, पूर्णबहादुर खड्का, जयप्रकाश गुप्ता, डा. रामशरण महत, चक्रप्रसाद बास्तोला, प्रकाशमान सिंह, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, विजय गच्छदार, अर्जुननरसिंह केसी, विमलेन्द्र निधि, केबी गुरुङ, ओमकार श्रेष्ठ, आनन्दप्रसाद ढुङ्गाना, राधाकृष्ण मैनाली, सीतानन्द राय, त्रिलोचन ढकाल, महन्थ ठाकुर, सिद्धराज ओझा, केशवलाल श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, यामलाल कँडेल, हेमराज राई, अम्बिका सावाँ
राज्यमन्त्री : मीना पाण्डे, भक्तबहादुर रोकाय, रामबहादुर गुरुङ, दीपकुमार उपाध्याय, देवेन्द्रराज कँडेल, राजदेव गोटि, भक्तबहादुर बलायर, रामचन्द्र अधिकारी, देवबहादुर पौडेल क्षत्री, गोविन्दनाथ उप्रेती, जगतबहादुर बोगटी, अमरराज कैनी
सहायक मन्त्री : कमला पन्त, रामजनम चौधरी, यज्ञराज न्यौपाने, झलकनाथ वाग्ले, लक्ष्मीनाराण चौधरी, मोहमद अफ्ताव आलम
१७ जेठ २०५६
प्रधानमन्त्री : कृष्णप्रसाद भट्टराई
उपप्रधानमन्त्री : रामचन्द्र पौडेल
मन्त्री : योगप्रसाद उपाध्याय, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला, विजय गच्छदार, बलबहादुर केसी, प्रकाशमान सिंह, शरतसिंह भण्डारी, महन्थ ठाकुर, पूर्णबहादुर खड्का, डा. रामवरण यादव, महेश आचार्य, डा. रामशरण महत, सिद्धराज ओझा, ओमकारप्रसाद श्रेष्ठ, रामकृष्ण ताम्राकार, तारिणीदत्त चटौत
राज्यमन्त्री : सुरेन्द्रप्रसाद चौधरी, रामबहादुर गुरुङ, भक्तबहादुर बलायर, मोहमद अफ्ताफ आलम, कमला पन्त, राजेन्द्र खरेल, डा. गंगाधर लम्साल, गोविन्दबहादुर शाह
सहायकमन्त्री : सुरेन्द्र हमाल, अर्जुनजंगबहादुर सिंह, नरेन्द्रविक्रम नेम्वाङ, सर्वधन राई, नारायणसिंह पुन
८ चैत्त २०५६
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
उपप्रधानमन्त्री : रामचन्द्र पौडेल
मन्त्री : खुमबहादुर खड्का, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला, डा. रामशरण महत, महन्थ ठाकुर, जयप्रकाश गुप्ता, सिद्धराज ओझा, ओमकार श्रेष्ठ, डा. रामवरण यादव, पाल्तेन गुरुङ, महेश आचार्य, रामकृष्ण ताम्राकार, तारिणीदत्त चटौत, आमोदप्रसाद उपाध्याय, सुरेन्द्रप्रसाद चौधरी, वलदेव शर्मा मजगैयाँ, शिवराज जोशी, प्रकाश कोइराला
राज्यमन्त्री : मोहम्मद आफ्ताब आलम, रामबहादुर गुरुङ, दिलेन्द्र बडु, कमला पन्त, नरेन्द्रविक्रम नेम्वाङ, सुरेन्द्र हमाल, गोपाल राई, सुरेश मल्ल, तीर्थराम डंगोल, कृष्ण सिटौला, हरिप्रसाद सापकोटा, बेनुपराज प्रसाईं, शिवकुमार बस्नेत, महादेव गुरुङ, पुष्कर ओझा
सहायकमन्त्री : रोमी गौचन, महेन्द्रकुरमार राय, जनकराज गिरी, केशरमान रोका, रामहरि ढुङ्गेल
११ साउन २०५८
प्रधानमन्त्री : शेरबहादुर देउवा
मन्त्री : चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, विजय गच्छदार, बलबहादुर केसी, शरत्सिंह भण्डारी, पाल्तेन गुरुङ्, पूर्णबहादुर खड्का, जयप्रकाश गुप्ता, महेश आचार्य, आमोद उपाध्याय, प्रेमलाल सिंह, ऋषिकेश गौतम, राजेन्द्र खरेल, खेमराज भट्ट मायालु, नरेन्द्रविक्रम नेम्वाङ
राज्यमन्त्री : भक्तबहादुर बलायर, रामजनम चौधरी, देवेन्द्रराज कँडेल, दुर्योधन सिंह, सुरेन्द्र हमाल, शिवराज जोशी, नारायण शर्मा पौड्याल, अर्जुनजंगबहादुर सिंह, लक्ष्मणप्रसाद मेहता, सुशीला स्वाँर, हरिनारायण चौधरी, एनपी साउद, केशव थापा, सर्वधन राई, मोहनबहादुर बस्नेत, भरतकुमार शाह
सहायकमन्त्री : प्रकाशबहादुृर गुरुङ, डिल्लीराज शर्मा, नगेन्द्रकुमार राय, सावित्री बोगटी, दिलबहादुर लामा, वीरेन्द्रकुमार कन्दङ्वा, अजयकुमार चौरसिया
२५ असोज २०५९
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द
उपप्रधानमन्त्री : बद्रीप्रसाद मण्डल
मन्त्री : नरेन्द्रविक्रम शाह, रमेशनाथ पाण्डे, देवीप्रसाद ओझा, डा. बद्रीप्रसाद श्रेष्ठ, धर्मबहादुर थापा, गोरेबहादुर खपाङ्गी, डा. उपेन्द्र देवकोटा, नारायणसिंह पुन, बद्रीनारायण बस्नेत, कमलप्रसाद चौलागार्इं, कुबेरप्रसाद शर्मा, महेशलाल प्रधान, दीपक ज्ञवाली
सहायकमन्त्री : गोपाल दहित, अनुराधा कोइराला, रविभक्त श्रेष्ठ, जगतबहादुर गुरुङ, रवीन्द्र खनाल, डा. असर्फी शाह, प्रकाश चित्रकार परियार
२१ जेठ २०६०
प्रधानमन्त्री : सूर्यबहादुर थापा
मन्त्री : प्रकाशचन्द्र लोहनी, कमल थापा, हरिबहादुर बस्नेत, बुद्धिमान गुरुङ, सर्वेन्द्रनाथ शुक्ल
राज्यमन्त्री : रेणुकुमारी यादव
२० जेठ २०६१
प्रधानमन्त्री : शेरबहादुर देउवा
उपप्रधानमन्त्री : भरतमोहन अधिकारी
मन्त्री : विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, दीपकुमार उपाध्याय, मोहम्मद मोहसिन, बद्रीप्रसाद मण्डल, बालाराम घर्तीमगर, जोगमेहर श्रेष्ठ, होमनाथ दाहाल, टेकबहादुर चोख्याल, कृष्णलाल थकाली, अशोक राई, ईश्वर पोखरेल, युवराज ज्ञवाली, रघुजी पन्त, वाचस्पति देवकोटा, अष्टलक्ष्मी शाक्य
राज्यमन्त्री : ठाकुरप्रसाद शर्मा, डा प्रकाशशरण महत, कृष्णगोपाल श्रेष्ठ, बालकृष्ण खाण, उर्वादत्त पन्त, वंशीधर मिश्र, प्रतिभा राणा, रामचन्द्र राय
सहायकमन्त्री : उमाकान्त चौधरी, लालबहादुर विश्वकर्मा, हरिशंकर परियार, भीमकुमारी बुढामगर
२० माघ २०६१
तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्
उपाध्यक्ष : डा. तुल्सी गिरी र कीर्तिनिधि विष्ट
मन्त्री : रमेशनाथ पाण्डे, राधाकृष्ण मैनाली, कृष्णलाल थकाली, बुद्धिराज वज्राचार्य, दुर्गा श्रेष्ठ, टंक ढकाल, दानबहादुर शाही, खड्गबहादुर जिसी, रामनारायण सिंह, बद्री मण्डल, सलिममियाँ अन्सारी, प्रकाश कोइराला, मधुकरशम्शेर जबरा, निरञ्जन थापा, केशरबहादुर विष्ट, कमल थापा, बुद्धिमान तामाङ, नारायणसिंह पुन
राज्यमन्त्री : डा. रुप ज्योति, याङ्किला शेर्पा, बृजेशकुमार गुप्ता, डा. दुर्गा पोखरेल, डा. रवीन्द्र खनाल, मीना लामा, श्रीषशम्शेर राणा
सहायकमन्त्री : छक्कबहादुर लामा, गोल्चे सार्की, जगत गौचन, निक्षशम्शेर जबरा, सिनेट श्रेष्ठ, हरिशंकर परियार, विनोदकुमार शाह, गोविन्द चौधरी, योगेशबहादुर बुढाथोकी, तोरणबहादुर गुरुङ, रोशन कार्की, भुवन पाठक, राजेशकाजी श्रेष्ठ, टेकनारायण राजवंशी, प्रतापराम लोहार, सोनीलाल यादव
१३ वैशाख २०६३
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
उपप्रधानमन्त्री : अमिक शेरचन, केपी ओली
मन्त्री : गोपालमान श्रेष्ठ, डा. रामशरण महत, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, नरेन्द्रविक्रम नेम्वाङ, राजेन्द्रप्रसाद पाण्डे, प्रदीपकुमार ज्ञवाली, कृष्ण सिटौला, प्रभुनारायण चौधरी
राज्यमन्त्री : गोपाल राई, दिलेन्द्र बडु, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, उर्मिला अर्याल, मानबहादुर विश्वकर्मा, धर्मनाथप्रसाद साह
१८ चैत २०६३
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
मन्त्री : रामचन्द्र पौडेल, सहाना प्रधान, प्रदीप नेपाल, महन्थ ठाकुर, सुजाता कोइराला, डा. रामशरण महत, नरेन्द्रविक्रम नेम्वाङ, कृष्ण सिटौला, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, देव गुरुङ, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, जगतबहादुर बोगटी, मातृकाप्रसाद यादव, हिसिला यमी, खड्गबहादुर विश्वकर्मा, राजेन्द्र महतो, श्यामसुन्दर गुप्ता, रामचन्द्र यादव
राज्यमन्त्री : महालक्ष्मी उपाध्याय ‘डिना’, इन्द्रबहादुर गुरुङ, शशी श्रेष्ठ, रामचन्द्र यादव, मोहनसिंह राठौर, सुरेन्द्र चौधरी
२ भदौ २०६५
प्रधानमन्त्री : पुष्पकमल दाहाल
उपप्रधानमन्त्री : वामदेव गौतम
मन्त्री : बाबुराम भट्टराई, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, पम्फा भुसाल, हिसिला यमी, जनार्दन शर्मा, गोपाल किराँती, महेन्द्र पासवान, रामचन्द्र चौधरी थारु, गिरिराजमणि पोखरेल, गणेश साह, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, गोपाल शाक्य, किरण गुरुङ, रामचन्द्र झा, उपेन्द्र यादव, विजय गच्छदार, जयप्रकाश गुप्ता, रेणु यादव, राजेन्द्र महतो
११ जेठ २०६६
प्रधानमन्त्री : माधवकुमार नेपाल
उपप्रधानमन्त्री : विजय गच्छदार, सुजाता कोइराला
मन्त्री : विद्या भण्डारी, शरत्सिंह भण्डारी, भीम रावल, राजेन्द्र महतो, सुरेन्द्र पाण्डे, प्रेमबहादुर सिंह, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, शंकर पोखरेल, डा.मीनेन्द्रप्रसाद रिजाल, रकम चेम्जोङ, पूर्णकुमार शेर्मा, उमाकान्त चौधरी, मोहम्मद आफ्ताब आलम, प्रभाकर प्रधानाङ्ग (रवीन्द्र श्रेष्ठ), डम्बर श्रेष्ठ, रामचन्द्र कुशवाह, दीपक बोहरा, महेन्द्रप्रसाद यादव, मृगेन्द्रकुमार सिंह, गणेश तिवारी नेपाली, ठाकुरप्रसाद शर्मा, लक्ष्मणलाल कर्ण, सर्वदेवप्रसाद ओझा, राजेन्द्र महतो
राज्यमन्त्री : गणेशबहादुर खड्का, डिल्लीबहादुर महत, जितबहादुर दर्जी गौतम, चन्द्रसिंह भट्टराई, मोुहम्मद रिजवान, खड्गबहादुर बस्याल सार्की, दानबहादुर कुर्मी चौधरी, मानबहादुर शाही, इन्द्रप्रसाद ढुङ्गेल, सञ्जयकुमार साह, रामबच्चन अहिर यादव, करिमा वेगम, शत्रुघ्नप्रसादसिंह कोइरी, सरोजकुमार यादव, गोविन्द चौधरी
सहायकमन्त्री : कलावतीदेवी दुसाध, चन्दा चौधरी
२० माघ ०३६७
प्रधानमन्त्री : झलनाथ खनाल
उपप्रधानमन्त्री : भरतमोहन अधिकारी, कृष्णबहादुर महरा, उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ
मन्त्री : विष्णु पौडेल, टोपबहादुर रायमाझी, अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, वर्षमान पुन,
शक्तिबहादुर बस्नेत, खड्गबहादुर विश्वकर्मा, उर्मिला अर्याल,

गङ्गालाल तुलाधर, रघुवीर महासेठ, गोकर्ण विष्ट, भानुभक्त जोशी, घनश्याम भुसाल, युवराज कार्की, विश्वनाथ साह, जयपुरी घर्ती, रामचरण चौधरी, महेन्द्र पासवान, प्रभु साह, हितबहादुर तामाङ, हरिनारायण यादव, मोहम्मद इस्तियाक राई, सुनिलकुमार मानन्धर, खगेन्द्रप्रसाद प्रसार्इं
राज्यमन्त्री : शत्रुघ्न महतो, दलबहादुर सुनार, रामजी शर्मा, डम्बर साम्बाहाम्फे, भगवती चौधरी, हकिकुल्लाह खाँ, देवी खड्का, धर्मशिला चापागाईं, धु्रव आङ्दम्बे लिम्बू, नन्दनकुमार दत्त
१२ भदौ २०६८
प्रधानमन्त्री : बाबुराम भट्टराई
उपप्रधानमन्त्री : विजय गच्छदार, नारायणकाजी श्रेष्ठ
मन्त्री : हृदयेश त्रिपाठी, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, वर्षमान पुन, दीनानाथ शर्मा, लोकेन्द्र विष्ट मगर, गोपाल किराँती, लेखराज भट्ट, भीमप्रसाद गौतम, रामकुमार यादव, अनिलकुमार झा, वृजेशकुमार गुप्ता, हेमराज तातेड, कमला रोका, राजकिशोर यादव, जयप्रकाश गुप्ता, राजलाल यादव, सरिता गिरी, मुहमद वकिल मुसलमान, दानबहादुर चौधरी, कल्पना धमला, सत्य पहाडी, मालवरसिंह थापा, अकबबल अहमद साह
राष्ट्रिय सहमतिका नाममा सरकार गठन गर्ने नाममा पुराना मन्त्री हटाउँदै प्रधानमन्त्रीले थप गरेका नयाँ मन्त्री
उपप्रधानमन्त्री : विजय गच्छदार, नारायणकाजी श्रेष्ठ, कृष्ण सिटौला, ईश्वर पोखरेल
मन्त्री : वर्षमान पुन, दीनानाथ शर्मा, राधा ज्ञवाली,सूर्यमान गुरुङ, राजकिशोर यादव, राजेन्द्र महतो, टोपबहादुर रायमाझी, पोष्टबहादुर बोगटी, एकराज भण्डारी, परशुराम खापुङ, चन्द्रदेव जोशी, डा. केशवमान शाक्य, कुमार बेलबासे, यदुवंश झा, बद्री न्यौपाने । (सिटौला, पोखरेल, गुरुङ र ज्ञवाली सरकारबाट बाहिरिसकेका छन्)
राज्यमन्त्री : खोभारी राय, रामवच्चन अहिर, दिलीप प्रजापति, सूर्यमान दोङ, लीला भण्डारी, गोपी अछामी, घनश्याम यादव, ज्वाला साह, सुषमा शर्मा, हरिराज लिम्बू, सुरिताकुमारी महतो, भीम राजवंशी, लक्ष्मण महतो, दुर्गादेवी महतो, काशीदेवी झा, ईश्वरदयाल मिश्र, अरविन्द साह, ओमप्रकाश यादव

धेरैचोटि मन्त्री खानेहरु

८ पटक : खुमबहादुर खड्का
विजयकुमार गच्छदार
६ पटक : डा. रामशरण महत
महन्त ठाकुर
५ पटक : भरतमोहन अधिकारी,
कमल थापा, गजेन्द्रनारायण सिंह
४ पटक : डा. प्रकाशचन्द्र लोहनी,
सहाना प्रधान, प्रकाशमान सिंह,
चिरञ्जीवी वाग्ले, गोविन्दराज
जोशी, रामचन्द्र पौडेल,
ढुण्डीराज शास्त्री, मार्शलजुलुम
शाक्य, शेख इद्रिस, बलबहादुर
राई, चक्रप्रसाद बास्तोला,
पूर्णबहादुर खड्का, शरतसिंह
भण्डारी, जयप्रकाशप्रसाद
गुप्ता, राजेन्द्र महतो

प्रतिक्रिया