विशिष्ट व्यक्तिको सुरक्षामा ध्यान देउ

काठमाडौं, १९ जेठ । राष्ट्रिय सुरक्षा समितिले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था उच्च सर्तकताका साथ मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकमा शान्तिसुरक्षाको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री बाबुराम भट्टराईले सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी मागेका थिए ।
प्रधानमन्त्री भट्टराईले तत्काल सुरक्षा व्यवस्थामा सुधार गर्न, सुरक्षा रणनीति बदल्नुपरे पनि बदल्न तथा जनतालाई सुरक्षाको भरपर्दाे रुपमा महसुस हुने गरी काम गर्न निर्देशन समेत दिए ।
राजधानीजस्तो सुरक्षा सक्रियता रहेको स्थानमा नै न्यायाधीशको हत्या भएको भन्दै आलोचना भएपछि भट्टराईले मुलुकको सुरक्षा अवस्थाका बारेमा परामर्श गरेका हुन् ।

प्रतिक्रिया