बिनाले साल्सा नाच्ने

मुम्बई : बलिउडमा ‘सेक्स सायरन’ उपनामले चिनिन थालेकी अभिनेत्री बिना मलिक आफूलाई चर्चामा ल्याउन अनेकौँ बहाना खोजिरहन्छिन् । चर्चा अलिकति सेलाउन लाग्यो कि नयाँ कुनै हंगामा मच्चाइहाल्छिन् । यसपालि उनले विश्वप्रसिद्ध पपगायिका म्याडोनाको शैली पछयाएर चर्चा कमाउने उपाय भेटेकी छन् । उनले एक विज्ञापनमा म्याडोनाले जस्तै साल्सा नृत्य गर्ने भएकी हुन् । र, यसमा उनी म्याडोनालाई पनि माथ खुवाउने किसिमले प्रस्तुत हुन लागेको एजेन्सीले उल्लेख गरेको छ ।
साल्सा नृत्य आफ्ना लागि नौलो अनुभव हुने बताउँदै उनले साल्सा म्युजिकको प्रशंसा पनि गरिन् । उक्त नृत्यको कोरियोग्राफी लेन्जिनस फर्नान्डिजले गर्ने भएकी छन् । बिना यो नृत्यका लागि हदै क्रेजी रहेको बताउँदै फर्नान्डिजले प्रशंसा गरिन्, ‘उनी राम्रो डान्सर हुन्, जुनसुकै स्टेप छिट्टै टिप्छिन् ।’ (एजेन्सी)

प्रतिक्रिया