रंग‍-विविध

‘रात बिताउन खोज्नेलाई एक झापड’

सौर्य अनलाइन २०६९ जेठ १७ गते ४:५२ मा प्रकाशित

सधैँका लागि रूप परिवर्तन गर्न पाउने भए ?
चरा बन्थेँ † त्यसमा पनि मयूर । कलाकार हुँ मेरो कला पनि मर्दैनथ्यो, मयूर बनी नाचिरहन्थेँ ।
राजेश हमाल र ब्राड पिटमध्ये को महत्त्वपूर्ण ?
ब्राड पिट हलिउडका नामी अभिनेता हुनुहुन्छ । राजेश हमाल पनि नेपाली चलचित्रका लागि महानायक । आ–आफ्नो ठाउँमा दुवै जना महत्त्वपूर्ण हुनुहुन्छ  । तर, आÏनो क्षेत्रका हिसाबले मचाहिँ हमाललाई नै मान्छु ।
कुनै एउटा नायकलाई किस गर्नुपर्ने बाध्यता आइलागे ?
हाहाहा…त्यस्तो बाध्यता आइलागे त फेसबुक चलचित्रका स्वतन्त्रप्रताप सिंहलाई किस गर्थें ।
तपाईंको थेगो के हो ?
बोल्दाखेरि आफूलाई थाहा नहुने थेगो ‘ल–ल’ र ‘अम–अम’ हो । त्यसैले धेरै साथीहरूले भेट्नेबित्तिकै ‘अम–अम’ भनेर जिस्क्याउँछन् ।
तपाईंले कान्स फेस्टिलबलको रेडकार्पेटमा फ्यानहरूबाट घेरिने मौका पाए ?
आ.हाहा.. चारैतिर अटोग्राफ दिइरहेकी हुन्थेँ होला । फ्यानहरूसँग छुट्टिनै गाह्रो पथ्र्यो होला ।
फेस्टिबलका दौरान कुनै क्रेजी फ्यानले एक रात साथ बिताउन अफर गरे ?
त्यस्तो प्रस्तावलाई सकेसम्म हाँसेरै उडाइदिन्छु । जबरजस्ती गर्‍यो भने त एक झापड लगाएर गार्डलाई बाहिर निकाल्न लगाउँछु ।
चन्द्रमामा जाने अवसर पाए श्रीमान्बाहेक कसलाई लैजाने ?
लाने त श्रीमान्लाई नै हो । अब नपाए ब्वाइफ्रेन्डलाई लगेर जाने नि †
हिँड्दाहिँड्दै सुनको डल्ला भेट्नुभयो भने ?
भगवान्लाई धन्यवाद दिन्थेँ अनि चलचित्रमा लगानी गर्थें ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय