स्टासुरको जित

पेरिस, १५ जेठ । वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको पहिलो चरणमा मेलेन आउडिन, स्वेतलाना कुज्नेतसोभा, मारिया जोसे मार्टिनेज साँचेज, सामन्ता स्टासुर, मारिन सिलिक र हुवा कार्लोस फरेराले विजयी सुरुआत गरेका छन् । छैटांै वरीयताकी गत वर्षकी युएस ओपन विजेता स्टासुरले एलेना बाल्टाचालाई ६–४, ६–० ले पराजित गरिन् । गत वर्ष उनी प्रेmेन्च ओपनको फाइनलमा प्रवेश गरेकी थिइन् । यसैगरी कुज्नेतसोभाले मिर्जाना लुसिकलाई ६–१, ६–३ ले पराजित गरिन् । सन् २००४ र २००९ की विजेता कुज्नेतसोभाको सर्भिस दोस्रो सेटमा लुसिकले दुईपटक ब्रेक गरे पनि उनलाई कुनै कठिनाइ भएन । २०आंै वरीयताकी चेक खेलाडी लुसी सापारोभाले बेलारुसकी अनास्टासिया याकिममोभालाई ६–२, ६–० ले पराजित गरिन् ।
पुरुषतर्फको खेलमा सिलिकले डयानियल मुनोज डेल नाभालाई ६–४, ६–४, ७–५ ले पराजित गरे । क्ले कोर्ट विशेषज्ञ खेलाडी फरेराले जोनाथान डानिसर डे भेजीलाई ६–१, ६–४, ६–३ ले पराजित गरे । पुरुषतर्फ पहिलो जित हात पार्ने खेलाडी फाबियो फोग्निनी भए । उनले एड्रियन मान्रानिनीलाई ६–०, ७–५, ६–१ ले पराजित गरे । अन्य खेलमा कार्डिफ मार्टेल स्टेब, इरिना फाल्कोनी र सारा इरानीले पनि जित हात पारे । इरानीले सेसी डेलाक्युलाई ४–६, ६–२, ६–२ ले पराजित गरिन् ।

प्रतिक्रिया