रहर मोडलिङको

प्रचण्ड गर्मीमा सिरसिर हावाले मादकता छर्दै थियो । सायद ऊ जिस्क्याउने सुरसार गर्दै थियो, वान पिसमा सजिएकी एक यौवनालाई । जो भर्खरै मात्र चेन्जिङ रुमबाट निस्किएकी छन् । बेइमानी हावाको एउटा झोँका उनको वदन स्पर्श गर्दै क्षितिजतिर बिलायो । अब पूरै माहोललाई उनकै सौन्दर्यको मादकताले जितिसकेको छ । उनी तयार छिन् फोटोसेसनका लागि ।
उनी अर्थात् हवाई सुन्दरी अलिसा वज्राचार्य । काठमाडौं, मैतीदेवीकी अलिसा पेसाले एयरहोस्टेज हुन् । तर, मोडलिङप्रति पनि उत्तिकै लगाब राख्दी रहिछन् । ‘जीविकाका लागि फरक पेसा अँगाले पनि मोडलिङ मेरो सानैदेखिको रुचि हो, त्यसैले त पेसासँगै मोडलिङलाई पनि अघि बढाइरहेछु,’ २० वर्षीया सुन्दरीले भनिन्, ‘खासमा मलाई मोडलिङमै स्थापित भएर नाम र दाम कमाउने मन छ ।’
स्नातक तहको अध्ययनलाई पनि सँगसँगै अगाडि बढाइरेकी अलिसा हल्का पहिरन र सिम्पल मेकअप गरेर हिँड्न मन पराउँदी रहिछन् । मोडलिङको बाटो हुँदै चलचित्रमा अभिनय गर्नु लक्ष्य हो, यी हँसिली यौवनाको । सबैसँग हाँसेर बोल्ने बानीले गर्दा कहिलेकाहीँ आफैँलाई सताउँछ रे † भनिन्, ‘यो बानीले गर्दा धेरैचोटि दु:ख पाएकी छु । पाँच फिट चार इन्च हाइटको शारीरिक बान्कीले उनलाई मोडलिङ मैत्री बनाइरहेझैँ लाग्छ । सेक्स, सौन्दर्य र ग्ल्यामरको चर्चा अधिक हुने मोडलिङ क्षेत्रमा थोरबहुत शोषण पनि हुन्छ भन्ने आरोप स्विकार्न यी सुन्दरी तयार छैनन् । भन्छिन्, ‘अहँ, मलाई त विश्वास लाग्दैन, त्यसो हो भने यो क्षेत्रप्रति यत्तिको आकर्षण किन बढ्थ्यो र †’ अहिलेसम्म सेक्स सम्बन्धको अनुभव नलिएको बताउने एलिसाले सेक्सबारेको रेडिमेड परिभाषा भने तयार पारेर राखेकी रहिछन, ‘प्रकृतिको सुन्दर उपहार ।’ मोडलिङमा लाग्न परिवारको सपोर्ट राम्रै पाएकी अलिसाको फुर्सदको समयचाहिँ प्राय: इन्टरनेटमै बित्दो रहेछ । भन्छिन्, ‘साथीभाइसँग च्याट गर्दा समय गएको पत्तै पाउँदिनँ ।’

प्रतिक्रिया