कन्सुलरलाई देश निकाला गर्न माग

काठमाडौं, ६ जेठ । संयुक्त राष्ट्रिय जन आन्दोलन समिति, नेपालले वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतको कार्यालयका राजनीति मामिला हेर्ने कन्सुलरले दिएको अभिव्यक्तिको बिरोध गर्दै देश निकाला गर्न माग गरेको छ ।
समिति संयोजक सिपी गजुरेलले आज विज्ञप्ती जारी गरेर कन्सुलर एस.डी मेहतालाई कारबाही गर्न माग गरेका हुन् । उनले पदीय हैसीयत विपरितका गलत कृयाकलापमा संलग्न भारतीय कर्मचारीलाई अविलम्व नेपालबाट हटाउने व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
उनले कुनै पनि वहानामा दोषीलाई नेपालमा नराख्न पनि चेतावनी दिएका छन् ।
गजुरेलले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप र सार्वभौमिकतामाथि नाङ्गो किसिमको दखल भएको जनाएका छन् ।
‘यो कार्य भारतको नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि लामो समयदेखि भइरहेको हस्तक्षेपको निरन्तरता र विकसित रुप नै हो’, विज्ञप्तीमा भनिएको छ, ‘भारत सरकारबाट भइरहेको यसप्रकारको हस्तक्षेपको हामी घोर विरोध र भत्र्सना गर्दछौं ।’

प्रतिक्रिया