खानप्रेमी कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ भन्छिन्, ‘भारतका तीन ठूला खान (शाहरुख, सलमान र आमिर) सिर्फ उनकै हुन् । सबै खान कलकारसँग काम गरिसकेकी उनले आफूले खान कलाकारलाई कब्जामा लिएको बताइन् । यति बोलिसकेपछि उनलाई धेर बोलेछु भन्ने महसुस भएछ क्यार † भनाइ सच्याउँदै उनले भनिन्, ‘मैले चिताएको हुने भए म यी खान कलाकारलाई अन्य कुनै अभिनेत्रीसँग काम गर्न दिने थिइनँ तर म यस्तो गर्न सक्दिनँ ।’
सलमानसँग दुईवटा फिल्ममा काम गरिसकेकी कट्रिना अहिले तेस्रो फिल्ममा काम गर्दै छिन् । यसबाहेक उनी आमिर र शाहरुखसँग पनि अहिले काम
गरिरहेकी छिन् ।
बलिउडमा दम चल्ने कलाकारहरू खान मात्रै हुन् । शाहरुख, सलमान र आमिरसँग काम गर्नेको भाग्य खुल्ने मान्यता बलिउडमा छ । त्यसैले कट्रिनाले झुक्किएरै सही तीन खानलाई कब्जामा लिने बताएको हुनुपर्छ । (एजेन्सी)

प्रतिक्रिया