रवि खड्काले जिते घनश्याम गोल्फ उपाधि

काठमाडौं, ५ जेठ । सूर्य नेपाल गोल्फ टुरअन्तर्गत यस वर्षको तेस्रो प्रतियोगिता ‘घनश्याम ओपन’ रवि खड्काले जितेका छन् । त्रिभुवन आर्मी अफिसर्स गोल्फ क्लबमा बिहीबार सम्पन्न यस प्रतियोगितामा खड्का पाँच अन्डर २८३ मध्ये दुई अन्डर ७० कार्ड पाउँदै पहिलो भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी उमेश नगरकोटीलाई चार स्ट्रोकले पछि पारे । दीपक थापामगर तेस्रो भए ।
विजेता रविले ५५ हजार, उपविजेता उमेशले ३७ हजार र तेस्रो भएका दीपकले २७ हजार रुपियाँ नगद पुरस्कार पाए । नेपाल नम्बर–१ शिवराम श्रेष्ठ चौथो स्थानमा रहे । अन्तिम दिन १ अन्डर ७१ खेलेका शिवराम समग्रमा चार ओभर पार २९२ सहित शीर्ष चारमा अटाएका हुन् । उनले २२ हजार रुपियाँ पाए । सूर्यप्रसाद न्यौपाने पाँचांै, राम थापा छैटांै, दीपक न्यौपाने सातांै र धन थापा आठौं स्थानमा रहे । जयराम श्रेष्ठ, सञ्जय लामा र तोरणविक्रम शाही समान ‘स्कोर’ पछि संयुक्त रूपमा नवांै स्थानमा रहे । साविक विजेता रमेश अधिकारी तथा रमेश नगरकोटी पनि समान अंकसहित १५आंै स्थानमा रहे ।
यता टासी छिरिङले एमेच्योरतर्फको उपाधि जिते । उनले कुल २९५ स्कोर प्राप्त गरे । अन्तिम दिन ६ ओभर पार ७६ खेलेपछि उनले निकटतम प्रतिद्वन्द्वी दिनेश प्रजापतिलाई १५ स्ट्रोकले पछि पारेका थिए । आशीष परियार एमेच्योरतर्फ तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया